शनिबार, कार्तिक १५, २०८३ | Saturday 31st October 2026

चट्याङ लागेर उदयपुरमा दुई जनाको मृत्यु

  • प्रकाशित मिति : बुधबार, अशोज ५, २०७३



  • उदयपुर  ।  गएरातति अविरल बर्षा सँगै परेको चट्याङले लागेर उदयपुरमा एकै घरका दुई जनाको मृत्यु भएको छ ।

    आफ्नै घरमा सुतिरहेको बेला चट्याङले लागेर सिद्धिपुर गाविस २ का चक्रबहादुर मगर र जगत बहादुर मगरको ज्यान गएको हो ।

    विहानी ४ बजे तिर परेको चट्याङले लागेर घाईते भएका मगर दाजुभाईलाई नेपाल प्रहरीले उद्दार गरि प्राथामिक स्वास्थ्य केन्द्रमा ल्याई पुर्याउदा उपचारको क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय बेल्टारका प्रहरी निरिक्षक भिम प्रसाद सिलवालले बताए ।

    प्रहरी निरिक्षक सिलवालका अनुसार स्थानीय खोलामा आएको बाढीको कारण उपचार गर्नको लागी बाहिर लान नसकिएको कारण प्राथामिक स्वास्थ्य केन्द्रमा मृत्यु भएको हो ।

    त्यस्तै अत्याधिक बर्षासँगै आएको बाढीले बरुवा खोलाको तटबन्ध फुट्दा उदयपुर सदरमुकाम गाईघाट जलमग्न भएको छ ।
    त्रियुगा नगरपालिका २ स्थित साकेला थान नजिकको तटबन्ध भत्कदा गाईघाटका ५०० घर डुवानमा परेका हुन् ।

    राती बस्तीमा बाढी पसेपछि उदयपुरका तिनवटै सुरक्षा निकाय परिचालन गरि सर्वसाधरणलाई उद्दार गरिएको प्रमुख जिल्ला अधिकारी कृष्ण चन्द्र घिमिरेले जानकारी दिए ।

    प्रजिअ घिमिरेका अनुसार अहिले खोलामा पानीको सतह केही घटे पनि सर्वसाधरणहरुलाई सुरक्षित रहन आग्रह गरे । वर्षातको कारण उदयपुरको सम्पूर्ण यातायातका साधनहरु अहिले ठप्प बनेका छन् । जिल्लाबाट चल्ने कुनै पनि सवारी साधनहरु संचालन हुन नसकेको प्रहरीले जनाएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij