शनिबार, कार्तिक १५, २०८३ | Saturday 31st October 2026

दाङमा खानेपानी संकट बढ्दै

  • प्रकाशित मिति : बिहिबार, अशोज ६, २०७३



  • दाङ  ।  दाङ मरुभूमिकरणतर्फ गइरहेको प्रति खानेपानीको क्षेत्रमा काम गर्दै आएका सरोकारवालाहरुले चिन्ता व्यक्त गरेका छन् । विभिन्न कारणले पानीका मुल, खोलाहरु सुक्दै जानु र नदीमा पानीको बहाव पनि कम हुँदै जानुले दाङ केहि वर्षपछि मरुभूमिमा परिणत हुने भन्दै उनीहरुले चिन्ता व्यक्त गरेका छन् । जलवायु परिवर्तनको असर, सिमेन्ट उद्योगले जिल्लाका केहि स्थानमा पारेको नकारात्मक प्रभाव, खोला तथा नदीहरुमा ढुंगाजन्य बस्तुहरुको अव्यवस्थित उत्खनन् र मुल संरक्षणमा ध्यान नजाँदा पानीको स्रोतहरु क्रमशः मासिदै जान थालेको उनीहरुको भनाइ छ ।

    खानेपानी तथा सरसफाई उपभोक्ता महासंघ दाङको तेस्रो जिल्ला अधिवेसन उद्घाटन कार्यक्रममा बोल्दै विभिन्न खानेपानी तथा सरसफाई उपभोक्ता समितिका प्रतिनिधिहरुले जिल्लामा बढ्दै संख्यामा रहेका सिमेन्ट उद्योगको प्रभावले खानेपानीको संकट बढेको बताएका छन् । सिमेन्ट उद्योगका कारण स्थानीय खानेपानीका मुहान, कुवा, ईनारहरु सुक्दै गएको, प्रदुषण बढेको भन्दै चिन्ता व्यक्त गरेका हुन् ।

    यहि अवस्था रहे अबको १०÷१५ वर्षभित्रै खानेपानीको हाहाकार हुने साना सहरी खानेपानी तथा सरसफाई समितिका सल्लाहकार देविबहादुर डिसीले बताउनुभयो । ‘दाङजस्तो अत्यन्तै सुन्दर जिल्लामा सिमेन्ट उद्योग मात्रै रहदै जाने हो, भने अबको १०÷१५ वर्षभित्रै खानेपानीको अभाव बढ्छ ।’ डिसीले भन्नुभयो, ‘दाङलाई मरुभुमिकरण हुनबाट जोगाउने हो भने पानीका स्रोतहरुलाई अहिलेदेखिनै संरक्षण गर्नुपर्छ ।’ खानेपानीको लागि छुट्याउने बजेटलाई सदुपयोग गर्नुपर्ने उहाँको भनाइ छ ।

    आधा दशक पहिले बाह्रै महिना बग्ने नदीहरु अहिले सुकेर बगरमा परिणत भएकाले अबको केहि वर्षपछि सम्पूर्ण खोलाहरु सुकेर जाने खतरा बढेको उहाले बताउनुभयो । जिल्लाका केहि उपभोक्ताहरु अस्थायी खानेपानीका मुहानबाट प्रदुषित पानी पिउन बाध्य भएको खानेपानी तथा सरसफाई उपभोक्ता महासंघका संस्थापक सचिव ईश्वर पोख्रेलले बताउनुभयो । जिल्लाका धेरै जसो स्थानमा खोला, सोता र ईनारको पानी पिउनुपर्ने र घण्टांै हिडेर पानी बोक्नुपर्ने अवस्थामा रहेको उहाँले बताउनुभयो ।

    भरतपुर खानेपानी तथा सरसफाई उपभोक्ता समितिका अध्यक्ष शंकर गौतमले खानेपानीको बृहत्तर विकासका लागि केन्द्रले कार्यक्रमहरु बनाउनुपर्ने बताउनुभयो । जिल्लालाई मरुभुमिकरण हुनबाट जोगाउनका लागि खोलाहरुबाट मनोमानी उत्खनन् र चुरेको दोहनलाई रोक्नुपर्ने गौतमले बताउनुभयो । खानेपानीलाई व्यवस्थित गर्न र सबै उपभोक्ताहरुको घरघरमा खानेपानी पु¥याउनका लागि जिल्लाका साना–साना आयोजनालाई व्यवस्थित बनाउनुपर्ने उहाको भनाई छ ।

    उता खानेपानीका आयोजनाहरु नै अलपत्र पर्ने अवस्था रहेको भन्दै उहाँले साना खानेपानीका आयोजना संरक्षण गर्नुपर्ने नारायणपुर खानेपानी तथा सरसफाई उपभोक्ता समितिका अध्यक्ष कुलप्रसाद रेग्मी श्रवणले बताउनुभयो । बेलझुण्डी खानेपानी तथा सरसफाई उपभोक्ता समितिका अध्यक्ष प्रदीप गौतमले जिल्लामा सवा सय भन्दा बढि खानेपानीको क्षेत्रमा काम गर्ने निकायहरु भएकाले उनीहरुको सक्रिय बनाउनुपर्नेमा जोड दिनुभयो ।

    अहिले जिल्लामा खानेपानीको अवस्था दयनीय बन्दै जानुले भोलिका दिनहरुमा दाङमा खानेपानीको संकट सिर्जना हुने खतरा रहेको उहाँको भनाइ छ । अहिले सञ्चालनमा रहेका खानेपानीको क्षेत्रमा काम गर्दै आएका निकायहरुले उपभोक्ताको ईच्छा अनुसार काम गर्नुपर्ने आवस्यकता रहेको बताउनुभयो । कार्यक्रममा लमही खानेपानीका काशिराम डाँगी, वन उपभोक्ता महासंघका कृष्णा राणा, पत्रकार महासंघ दाङका अध्यक्ष सुदीप गौतम, टीकाराम खड्का, खानेपानी सरसफाई तथा स्वच्छता पत्रकार मञ्चका अध्यक्ष गोविन्द खड्कालगायतले खानेपानीका मुहानलाई प्रभाव नपार्ने गरी वातावरणीय गतिविधिहरु सञ्चालन गर्नुपर्ने बताउनुभयो । जिल्लामा पानीको मुद्धा प्राथमिक मुद्दा बनेको भन्दै अब उपभोक्ताहरुको चेतना अभिबृद्धि गर्न आवस्यक रहेको बताउनुभयो ।

    महासंघ दाङकी अध्यक्ष पुष्पा श्रेष्ठको अध्यक्षता तथा केन्द्रिय अध्यक्ष राजेन्द्र अर्यालको प्रमुख आतिथ्यतामा सम्मेलन उद्घाटन भएको हो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि अर्यालले खानेपानीको अधिकार मानव अधिकारसँग जोडिएको बताउनुभयो । मानव अधिकारका रुपमा रहेको शुद्धपानी अब प्रत्येक उपभोक्ताहरुले पिउन पाउनुपर्ने उहाँको भनाइ थियो । तर, अहिले भइरहेको खानेपानीका स्रोत तथा मुहानहरु संरक्षण गर्नु चुनौती रहेको भनाइ राख्नुभयो । सरकारले पनि तीन वर्षभित्र खानेपानीको पहुँच सबै उपभोक्ताहरु समक्ष पु¥याउने नीति ल्याएको जानकारी दिनुभयो । एक घर एक शौचालय जस्तै अब एक घर एक धाराका रुपमा कार्यक्रम अगाडि बढाउने सरकारले तयारी गरेको उहाँको भनाइ थियो ।

    यस्तै कार्यक्रमका विशिष्ट अतिथि महासंघका बरिष्ठ उपाध्यक्ष दुर्गा चापागाईले महासंघकै प्रयासमा पानीको अधिकारलाई मौलिक अधिकारको रुपमा समेट्न सकिएको बताउनुभयो । यस्तै अर्को विशिष्ट आतिथि महासंघका उपाध्यक्ष कुलमणी देवकोटाले पानीको अभावमा सरसफाईको अभियान सञ्चालन हुन नसक्ने बताउनुभयो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij