शनिबार, कार्तिक १५, २०८३ | Saturday 31st October 2026

डम्पिङ साइट नहुँदा दुई देशका यात्री प्रभावित

  • प्रकाशित मिति : बिहिबार, अशोज ६, २०७३



  • वीरगन्ज ।  दैनिक करिब ७५ टन फोहरमैला निस्कने वीरगन्ज उपमहानगरपालिकासँग स्थायी डम्पिङ साइट नहुँदा नगर क्षेत्रको फोहोर नेपाल–भारतको दशगजा क्षेत्रमा फाल्ने गरेकाले ती फोहोरबाट निस्कने दुर्गन्धले दुवै देशका यात्री प्रभावित बनेका छन् ।

    फोहोर व्यवस्थापन गर्न डम्पिङ साइट नहुँदा अहिले ती फोहोर नेपाल–भारत दशगजामा रहेको मितेरी पुलवरिपरि तथा धार्मिक नदी सिर्सिया क्षेत्रमा फ्याँक्ने गरिएको छ ।

    पर्साको विश्रामपुरमा १६ बिघा क्षेत्रफलमा एसियाली विकास बैंकको १८ करोड ऋण सहयोगमा सुविधासम्पन्न ल्यान्डफिल साइट निर्माण गर्ने काम सुरु भएको वीरगन्ज उपमहानगरपालिकाका निमित्त कार्यकारी अधिकृत प्रकाश अमात्यले बताए ।

    फोहोर सङ्कलनमा दैनिक २४७ स्विपर, २० वटा ट्याक्टर र दुईवटा टिप्पर प्रयोग भए पनि ती फोहोर बस्तीनजिकै फ्याँक्दा स्थानीयावासी प्रभावित भएका छन् भने दुर्गन्धले आवतजावत गर्ने यात्रुसमेत प्रभावित भएका छन् ।

    नेपाल–भारतको सीमा दशगजा क्षेत्रमा तथा नदीमा फोहोर फ्याँक्नु गलत हो र यसले जलचरसमेत प्रभावित हुने गरेको भन्दै पूर्वराजदूत विजयकान्त कर्ण भन्छन्, “दुवै देशका सीमा दशगजा क्षेत्रमा फोहोर फ्याँक्नाले नेपाल–भारतबीचको सम्बन्धमा असर पर्ने देखिन्छ ।”

    नेपाल प्रवेशद्वारका रुपमा रहेको मितेरी पुलको वरिपरि फोहोर फ्याँक्नाले सो वरिपरिका गाउँका बासिन्दा मात्र नभई कामविशेषले नेपाल आउने भारतीय नागरिकसमेत दुर्गन्धका सिकार हुने गरेका छन् । सन् २०१८ सम्ममा ल्यान्डफिल्ड साइटको निर्माण सम्पन्न गराउने लक्ष्य लिएको वीरगन्ज उपमहानगरपालिकाले सहर, बस्तीभन्दा टाढा फोहोर फ्याँक्नुपर्ने माग वीरगन्जवासीको रहेको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij