शनिबार, कार्तिक १५, २०८३ | Saturday 31st October 2026

मालेद्वारा प्रधानमन्त्री प्रचण्डको कडा आलोचना

  • प्रकाशित मिति : बिहिबार, अशोज ६, २०७३



  • काठमाडौं  ।  सीपी मैनाली नेतृत्वको नेकपा मालेले प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणका क्रममा जारी भएको २५ बुँदे संयुक्त विज्ञप्तीको कडा शब्दमा भत्सर्ना गरेको छ ।

    संयुक्त विज्ञप्तिमा नेपालको स्वतन्त्रता, सार्वभौमसत्ता तथा भूअखण्डतामाथि गम्भीर आघात पुगेको भन्दै बिहिबार बसेको मालेको स्थायी कमिटी बैठकले विरोध तथा भ्रत्र्सना गरेको हो ।

    ‘ आफ्नो भूराजनैतिक विशेषताले गर्दा नेपालले असंलग्न तथा तटस्थ र पञ्चशीलमा आधारित परराष्ट्र नीति अवलम्बन गर्दै आईरहेको एवम् यही नीति नै नेपालको निम्ति श्रेयष्कर रहेको प्रष्टसंग देख्दा देख्दै पनि संयुक्त राष्ट्रसंघ लगायतका अन्तर्राष्ट्रिय निकायका सम्बन्धमा भारतसंग समान दृष्टिकोण अपनाउने र भारतलाई संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्को स्थायी सदस्यमा समर्थन गर्ने जस्तो प्रावधान संयुक्त विज्ञप्तिमा रहनुले नेपाललाई राष्ट्रिय हित विपरितको परराष्ट्र नीति अपनाउन तर्फ घचेट्ने दुश्प्रयास गरीएको छ ’, बैठकपछि मैनालीले जारी गरेको विज्ञप्तीमा भनिएको छ ।

    यस्तै भारतीय रणनीति बमोजिम नेपालको संविधान संशोधनमा भारतीय मागलाई जायज ठह¥याउदै प्रधानमन्त्री दाहालले आन्तरिक मामलामा बाह्य शक्तिलाई प्रवेश गराउने र देशको भौगोलिक अखण्डतामाथि गम्भीर आँच पुयाउने काम गरेको समेत विज्ञप्तीमा उल्लेख गरिएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij