प्रकाशित मिति : मङ्लबार, साउन १८, २०७३
शिव राज खनाल
देउखुरी १८ साउन
स्थानीय तह पुर्नसंरचना निमार्ण गर्दा देउखुरी उपत्यकामा २ गाउँपालिका र १ नगरपालिका हुनुपर्ने सुझाब देउखुरीका नागरिक अगुवाहरुले दिएका छन् । त्यसका लागी जनसंख्या, भौगोलिक अवस्था र सेवा सुविधालाई ख्याल गरि गाउँपालिका र नगरपालिका बनाउनु पर्ने नागरिकहरुको सुझाव थियो । जस अन्र्तगत लालमटिया, सिसहनियाँ, गोबरडिहा र हाँसिपुर गाबिसलाई मिलाएर १ गाउँपालिका त्यसैगरि राप्ती पारीको गंगापरस्पुर, गढवा, बेला, राजपुर, र कोइलाबास गाबिसलाई मिलाएर अर्को एक गाउँपालिका र लमही नगरपालिका र सतबरिया गाबिसलाई मिलाएर १ नगरपालिका गरि जम्मा २ गाउँपालिका र १ नगरपालिका हुनुपर्ने नागरिकहरुको सुझाब छ । नयाँ पुर्न संरचना अनुसार गाउँपालिका हुन ५० हजार जनसख्या र नगरपालिका हुन ७५ हजार जनसख्या हुनुपर्ने मापदण्ड अनुसार जनसख्याको आधारमा देउखुरी उपत्यकामा २ गाउँपालिका र १ नगरपालिका हुनुपर्नेमा सहभागिहरुले बताएका थिए । स्थानीय तह पुर्नसंरचना प्राविधिक सहयोग समिति दाङको आयोजनामा मंगलवार लमहीमा भएको बृहत अन्तरक्रिया कार्यक्रमका सहभागी वक्ताहरुले सो सुझाव दिएका हुन् नयाँ संबिधान कार्यान्वयनका लागी थालिएको स्थानीय तह पुर्नसंरचना निर्माणको छलफलका क्रममा आ आफ्नो राय सुभाब दिन देउखुरी उपत्यकाका दुर दराजबाट समेत नागरिकहरु बस रिर्जभ गरेरे कार्यक्रममा सहभागी भएका थिए । स्थानीय तहलाई कसरी ब्यबस्थित बनाउने भन्ने सवालमा नागरीकको चासो बढेसगै मंगलवार लमहीमा आयोजित कार्यक्रममा देउखुरी उपत्यकाका ९ गाबिस र १ नगरपालिकाका स्थानिय राजनितिकदल, बिभिन्न क्षेत्रमा क्रियाशिल बौद्धिक ब्यक्तीत्व, लगाएत अन्य सरोकारवाला निकायका सबै तह र तप्काका ब्यक्तीहरुको सहभागिता थियो । स्थानीय तह पुर्नसंरचना प्राबिधिक सहयोग समिति दाङको आयोजनामा आयोजित कार्यक्रममा सहभागिहरुलाई बस्ने स्थानको सकस भएपछि कार्यक्रम एक स्थानमा भने पनि सहभागीको चाप अनुसार बेग्लै स्थानमा गर्दा पनि सहभागीहरुले सहजरुपमा आफ्ना सुझाब दिन स्थान अभाबका कारण सकस भएको दुखेसो गरेका थिए । जिल्ला बन अधिकृत नबराज काफ्लेको सभापतित्व तथा जिल्ला बिकाश समिति दाङका स्थानीय बिकाश अधिकारी रमेश गौतमको प्रमुख आतिथ्यतामा सम्पन्न अन्र्तक्रिया कार्यक्रमको सहजिकरण सुचना अधिकृत कृष्ण केसीले गर्नुभएको थियो । भने स्वागत सदस्य सचिब तथा जिल्ला बिकाश समिति दाङका योजना अधिकृत बासुदेब आचार्यले गर्नुभएको थियो ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij