शनिबार, कार्तिक १५, २०८३ | Saturday 31st October 2026

क–कसले पाए प्रेस काउन्सिलको पुरस्कार ?

  • प्रकाशित मिति : बिहिबार, अशोज ६, २०७३



  • काठमाडौं  ।  प्रेस काउन्सिल नेपालले ३२ जना पत्रकार र एउटा संचार माध्यमलाई पुरस्कृत गरेको छ ।

    काउन्सिलले आफ्नो ४७ औं वार्षिकोत्सवका अवसरमा बिहिबार काठमाडौमा एक समारोहबीच ३२ जना पत्रकार र एउटा संचार माध्यमलाई पुरस्कारस्वरुप ५ लाख ५० हजार रुपैयाँ प्रदान गरेको हो ।

    काउन्सिलले गोपालदास पत्रकारिता पुरस्कार प्रधानमन्त्री पुष्पकमल दाहालका प्रेस सल्लाहकार गोविन्द आचार्यलाई दिएको छ ।
    एक लाख ५ हजार रुपैयाँ राशीको पुरस्कार राष्ट्रपति विद्यादेवी भण्डारी र सूचना तथा संचार मन्त्री राम कार्कीले प्रदान गरे ।

    प्रेस काउन्सिलले संचार मन्त्रालय सम्हालेका मन्त्रीको पार्टीमा आवद्ध पत्रकारलाई गोपालदास पत्रकारिता पुरस्कार प्रदान गर्दै आएको छ । यो पुरस्कार गत वर्ष नेपाली काँग्रेसमा आवद्ध उदयपुरका पत्रकार कौशल चेम्जोङलाई प्रदान गरिएको थियो ।
    यस्तै, १ लाख ५ हजार रुपैयाँ राशीको प्रेस काउन्सिल सुरेन्द्रबहादुर बस्नेत पत्रकारिता पुरस्कार पत्रकार परशु घिमिरेलाई प्रदान गरिएको छ । घिमिरे नेपाली काँग्रेसमा आवद्ध पत्रकार हुन् ।

    २५ हजार रुपैयाँ राशीको प्रेस काउन्सिल आचारसंहिता पुरस्कार बुटवल टुडे दैनिकलाई प्रदान गरिएको छ भने १५ हजार रुपैयाँ राशीको स्तम्भ लेखन पुरस्कार कृष्णमुरारी भण्डारी, गोविन्दप्रसाद भट्टराई र दयाराम डांगीलाई दिइएको छ ।

    १५ हजार रुपैयाँ राशीको साहित्यिक पत्रकारिता पुरस्कार विवश वस्तीलाई तथा त्यति नै राशीको भाषागत पत्रकारिता पुरस्कार गोपाल छाङ्छा राईलाई दिइएको छ ।

    सशक्त संचारकर्मी पुरस्कार पवन आचार्य, डीआर पन्त, डा. राजेश झा अहिराज र महेश दास तथा समावेशी पत्रकारिता पुरस्कार लक्ष्मीकुमारी चौधरी, सुशील दर्नाल, रोशन सावाँ, माधवप्रसाद चम्लागाईं, विष्णुलाल बुढा र शीतल महतोलाई प्रदान गरिएको छ । दुवै पुरस्कारको राशी जनही १० हजार रुपैयाँ रहेको छ ।

    महिला सशक्तिकरण पत्रकारिता पुरस्कार दुर्गा भण्डारी, मनिषा श्रेष्ठ र कविता थापा, क्रियाशिल पत्रकारिता पुरस्कार विनोद शाही, प्रदीपराज वन्त र शेखर अधिकारी तथा सशक्त लेखन पत्रकारिता पुरस्कार रिषव गौतम, मोतिराम तिमिल्सना, प्रकाशकुमार खतिवडा र गणेश लम्साललाई दिइएको छ ।

    दुवै पुरस्कारको राशी जनही १० हजार रुपैयाँ रहेको छ । १० हजार रुपैयाँ राशीको युवा सशक्तिकरण पत्रकारिता पुरस्कार श्यामसुन्दर यादव, भुवन शर्मा, लेखनाथ न्यौपाने, हेमन्तकुमार पौडेल र उपेन्द्रराज केसीलाई प्रदान गरिएको छ । पुरस्कृत सबैलाई नगद रकम र प्रमाणपत्र प्रदान गरिएको थियो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij