शनिबार, कार्तिक १५, २०८३ | Saturday 31st October 2026

इलामबाट झापा जाने बैकल्पिक सडक निर्माण अन्तिम चरणमा

  • प्रकाशित मिति : सोमवार, पुस १०, २०७४



  • इलाम, पुस १० । इलाम देउमाई नगरपालिकाको मंगलबारेदेखि झापाको विर्तामोडसम्मको सडक आगामी जेठ सम्ममा सम्पन्न हुने भएको छ ।

    डेनमार्क सरकारको सहयोगमा निर्माणाधीन यो सडकको ५८ प्रतिशत काम पूरा भएको छ ।

    उन्नती समावेशी परियोजनाअन्तर्गतको ‘उन्नती इन्क्लोजिफ ग्लोथ’ कार्यक्रममा समावेश यो सडकको स्तरोउन्नतिको काम पनि भइरहेको हो ।

    गाग्रेभन्ञ्याङ–जितपुर–सोयाक–वेलवासे–चिसापानी सडक निर्माण भएसँगै इलामका पश्चिमी क्षेत्रका वासिन्दालाई तराई झर्न सहज हुने छ ।

    मंगलबारेबाट मेची राजमार्ग हुँदै इलाम–फिक्कलबाट झापा करिव १ सय १० किलोमिटर पार गर्नु पर्छ । तर यो सडक निर्माण भएपछि करिव ६० किलोमिटर सडक पार गर्दा झापाको विर्तामोड पुग्न सकिन्छ ।

    सडक निर्माण सम्पन्न भएसँगै स्थानीय उत्पादनलाई बजार पु¥याउन समेत सहज हुने छ ।

    दुई चरणमा गरेर काम गरिरहेको परियोजनाले ३२ किलोमिटर सडक स्तरोन्नति गर्ने आयोजनाका इञ्जिनियर नितेशकुमार झाले जानकारी दिए ।

    सो सडकको ग्याभिन वाल निर्माण र अर्थ वर्कको काम ९० प्रतिशत पूरा भएको छ भने साइड ड्रेन ६५ प्रतिशत र मेसिनको काम ४० प्रतिशत सम्पन्न भएको छ । परियोजनाले २०७३ साल चैतबाट काम सुरु गरेको थियो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij