शनिबार, कार्तिक १५, २०८३ | Saturday 31st October 2026

अनलाइनले एकपटक पोष्ट गरेका समाचार हटाउन नपाउने

  • प्रकाशित मिति : बिहिबार, अशोज ६, २०७३



  • काठमाडौं   ।  प्रेस काउन्सिल नेपालले नयाँ पत्रकार आचारसंहिता जारी गरेकोे छ । प्रेस काउन्सिलले आफ्नो ४७ औं वार्षिकोत्सवको अवसर पारेर बिहिबार नयाँ पत्रकार आचारसंहिता जारी गरेको हो ।

    काउन्सिलले नेपाल पत्रकार महासंघसँग मिलेर जारी गरेको आचारसंहितामा पत्रकार र संचार माध्यमले गर्न हुने कर्तव्यमा १५ वटा तथा गर्न नहुने काममा १५ वटा बुँदा समेटिएका छन् ।

    छापा माध्यमका अलावा रेडियो, टेलिभिजन, अनलाइन र समाचार एजेन्सीलाई समेटेर जारी गरिएको आचारसंहितामा सार्वभौमसत्ता, राष्ट्रिय एकता, जातजाति, भाषा, धर्म र संस्कृतिमा खलल पुयाउने, जातीय र लैंगिक भेदभावलाई बढावा दिने, सार्वजनिक शिष्टाचार प्रतिकुल हुने सामाग्री प्रकाशन÷प्रसारण गर्न नपाइने उल्लेख छ ।

    आचारसंहिता अनुसार सार्वजनिक हितका लागि स्पष्टरुपमा आवश्यक पर्ने अवस्थामा वाहेक समाचार संकलनका लागि कुनै पनि प्रविधिको अदृष्यरुपमा प्रयोग गर्न पाइने छैन भने व्यवसायिक मर्यादा विपरित सरकारी, गैरसरकारी र व्यापारिक निकायबाट पुरस्कार र सम्मान लिन पनि पाइने छैन । आचारसंहिताले १६ वर्ष उमेर नपुगेका बालकालिकाको अन्र्तवार्ता र तस्वीर प्रकाशन÷ प्रसारण गर्दा अभिभावकको अनुमति लिनुपर्ने व्यवस्था गरेको छ । अनलाइन संचार माध्यमहरुले एकपटक पोष्ट गरेका समाचार हटाउन नपाउने व्यवस्था आचारसंहितामा गरिएको छ ।

    आचारसंहिताको उल्लंघन गरेको अवस्थामा प्रेस काउन्सिलले पत्रकारको प्रेस पास निलम्बन गर्न निर्देशन दिने, सरकारी भ्रमणमा सहभागी नगराउन र संचार माध्यमलाई सरकारी वा सार्वजनिक निकायका तर्फबाट उपलब्ध गराइने सुविधा वा विज्ञापन रोक्न सिफारिस गर्ने तथा वर्गिकरणको प्रक्रियाबाट अलग गर्ने आचारसंहितामा उल्लेख छ ।
    प्रेस काउन्सिलका अध्यक्ष बोर्णबहादुर कार्कीले पत्रकार र संचारमाध्यममा स्वेच्छाचारिता मौलाउँदै गएको र त्यसको परिणाम संचारमाध्यमप्रतिको जनविश्वास पनि कम हुँदै गएका कारण गलत क्रियाकलापलाई निरुत्साहित गर्ने लक्ष्यसहित आचारसंहिता जारी गरिएको बताए ।

    प्रेस काउन्सिलले यसअघि २०६० सालमा २५ बुँदे आचारसंहिता जारी गरेको थियो । प्रेस काउन्सिल ऐन २०४८ को दफा ७ ले काउन्सिललाई पत्रकार आचारसंहिता जारी गर्ने अधिकार दिएको छ ।
    कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले सामाजिक न्यायमा आधारित समाजको स्थापनामा चौंथो अंगले नेतृत्वदायी भूमिका निर्वाह गर्न सक्ने भएकाले प्रेस काउन्सिलले पत्रकारिता पेशालाई जिम्मेवार र उत्तरदायी बनाउन प्रभावकारी भूमिका निर्वाह गर्नुपर्ने बताइन् ।

    सूचना तथा संचारमन्त्री राम कार्कीले पत्रकारहरुले कलम बलियो बनाउन आवश्यक रहेको बताए ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij