मङ्लबार, भदौ २, २०८३ | Tuesday 18th August 2026

पार्टी एकताको खबर निराधार

  • प्रकाशित मिति : मङ्लबार, साउन १८, २०७३



  • काठमाडौँ । राप्रपा नेपाल (समानान्तर)ले आफ्नो पार्टीको कुनै पार्टीसँग पनि एकता नभएको स्पष्ट पारेको छ ।

    यहाँ सोमबार आयोजित पत्रकार सम्मेलनमा पार्टीका अध्यक्ष गणेश शेरचनले आफ्नो पार्टीको अहिले कहीँकतै एकीकरण नभएको बताउँदै पार्टीको अनुशासन विपरीत कार्यगरी कारबाहीमा परेका केही नेताले सो पार्टी राप्रपामा विलय भएको हल्ला चलाएकामा खेद व्यक्त गर्नुभयो ।

    उहाँले भन्नुभयो– “हाम्रो सिद्धान्त भनेको संवैधानिक राजतन्त्र, हिन्दूधर्म र अखण्ड नेपाल हो, यो सिद्धान्तलाई परित्याग गरी कसैसँग पनि एकीकरण हुन सक्दैन ।”

    मुलुकका पाँच क्षेत्रमा सङ्गठन सुदृढीकरणका लागि अभियान चाँडो सुरु गर्न लागेको बताउँदै उहाँले हिन्दू जागरणका कार्यक्रम समेत सञ्चालन गरिने जानकारी दिनुभयो ।

    पार्टीका नेता तीर्थ श्रेष्ठले नयाँ संविधानलाई सबै नेपालीले स्विकार गर्न नसकेको बताउँदै असन्तुष्ट पक्षको भावनालाई समेत सम्बोधन गर्न माग गर्नुभयो ।

    पार्टीले यसअघि सत्यमान लामा, श्याम तिमिल्सिना र सगुन लावतीलाई अनुशासन, विधान, नीति र आचरणविपरीत काम गरेको भन्दै साधारण सदस्यता समेत नरहने गरी निष्कासन गरेको थियो ।

    सो पार्टीले विसं २०७० मा राप्रपा नेपालबाट अलग्गिएर राजनीतिक गतिविधि सञ्चालन गर्दै आएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    सशस्त्र प्रहरीद्वारा १ अर्ब ७५ करोड भन्दा बढीको चोरीपैठारी निकासी लगायतका अवैध सामान पक्राउ
    बुटवलमा अबैध रूपमा भित्रीएका ८२ लाखभन्दा बढी मुल्यका जुत्ता–चप्पल पक्राउ
    मृतक मतदाताको विवरण अद्यावधिक गर्न निर्वाचन आयोगको अनुरोध
    ७७ वटै जिल्लामा पुग्यो सरकारी कुरियर सेवा, घरमै राहदानी र शैक्षिक प्रमाणपत्र
    रोल्पाको आकस्मिक बाढी सडक खन्दा थुप्रिएको माटो र वर्षाका कारण आएको प्राधिकरणको निष्कर्ष
    लुम्बिनीका मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिँदै, सत्ता समीकरणअनुसार सरकार विस्तारको तयारी
    थारु समुदायको गुरिया पर्व मनाउँदै
    नागपञ्चमीको अवसरमा नागपोखरीमा भक्तजनको घुइँचो
    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij