शनिबार, कार्तिक २२, २०८३ | Saturday 7th November 2026

अछाममा स्थापित टेलिसेन्टरको प्रभावकारिता घट्दो

  • प्रकाशित मिति : मङ्लबार, साउन १८, २०७३



  • अछाम – अछाममा स्थापना गरिएका हुलाक टेलिसेन्टरको प्रभावकारिता घट्दै जान थालेको छ । सेवाग्राहीहरुको सहज पहुँचमा आधुनिक प्रविधिसँग प्रतिस्पर्धा गर्न नसक्दा टेलिसेन्टरको प्रभावकारिता घट्दै गएको हो ।

    नेपाल सरकारले हुलाक सेवालाई प्रभावकारी बनाउन, आधुनिक प्रविधिको सेवा सुविधा सहज र सुलभ रुपमा नागरिकहरुलाई प्रदान गराउनका लागि टेलिसेन्टरको स्थापना गरेको भएपनि पछिल्लो समय विभिन्न कारणले गर्दा त्यसको प्रभावकारिता घट्दै गईरहेको छ ।

    सुलभ मूल्यमा कम्प्युटर सिकाउने, सस्तोमा टाईप, प्रिन्ट, फोटोकपी, स्क्यानिङ गर्ने तथा फोन सेवा उपलब्ध गराउँदै स्थानीय नागरिकलाई आधुनिक सूचना प्रविधिसँग नजिक गराउने उद्देश्यले टेलिसेन्टर स्थापना भएपनि पछिल्लो समय ठाउँठाउँमा खुलेका ईन्स्टिच्यूटले गर्दा सेवाग्राहीहरु हुलाक टेलीसेन्टरमा सेवा लिन नआउने गरेको जिल्ला हुलाक कार्यालय अछामका सहायक कम्प्यूटर अपरेटर नेत्रप्रसाद भाटले बताए ।

    भाटका अनुसार जिल्ला हुलाक कार्यालय मंगलसेनमा रहेको टेलिसेन्टर बजार क्षेत्रभन्दा टाढा हुलाक कार्यालय संगै राखिएकोले पनि सेवाग्राही त्यहाँसम्म पुग्न नसकेका हुन ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij