प्रकाशित मिति : शुक्रबार, अशोज ७, २०७३
पोखरा । जब आकाशबाट पानी आउँछ, तब पोखरा– ५ की हीमकला सुवेदी छाता लिएर निस्कने गर्छिन् । उनलाई भलपानीको निकै डर छ । विद्यालय गएका बालबालिका कसरी घर फर्किएलान् भन्नेमा नै उनलाई डर लाग्ने गरेको हो ।
दिनहुँ जसो भलपानीले बगाएर मानिसको ज्यान जाने गरेको सुन्न परेपछि उनलाई यतिबेला निन्द्रा लागेको छैन । उनी जस्ता थुप्रै पोखरेलीहरु यतिबेला यही भलपानीका कारण सडकमा नै आउने कालका कारण चिन्तामा परेका छन् ।
मानिसको ज्यान जान अब खोलोमा नै हेलिनुपर्छ भन्ने छैन । खोलो बिनाका भलबाढीले पनि मानिसको ज्यान जानसक्छ भन्नेमा आम पोखरेली नागरिकहरु यतिबेला विश्वस्त भैसकेका छन् । भर्खरै मात्र पोखरामा आकासे पानीको भलले बगाएर ४ जनाले अकालमा ज्यान गुमाएका छन् ।
विश्वको ध्यान तान्ने पोखरा सहरमा सडकमा हिँड्दा नै मान्छे बग्छन् र मर्छन् भन्ने कुरा जो कोहीलाई अचम्म लाग्न सक्छ । तर, पोखरामा भएका पछिल्ला घटनाले यो कुरालाई पुष्टि गरेको छ ।
पोखराको सिद्धार्थचोकवाट एक वटुवा महिला नालीमा खसिन् । उनको शव दुईदिन पछि फेला पर्यो । त्यसैगरी फिर्केखोला तर्दा मोटरसाईकल सँगै बगेका एक युवाको पनि २ दिनपछि नै शव फेला परेको थियो । यस्तै पोखराको लामाचौरका एक जना व्यक्ति पनि आकासे भलवाढी मै परेर ज्यान गुमाउन पुगे ।
हिजो आज पोखरा सहरमा आकासे पानी आउँदा मानिसहरु वाहिर निस्कन निकै डराउँछन् । कारण हो भलवाढीमा परिन्छ कि भन्ने । आकासे भलवाढी एकोहोरिएर आउन थालेपछि पोखरामा आवत जावत नै रोकिने गरेको छ ।
पोखराका व्यवसायी एवं पोखरा उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष मानकाजी माकाजूले पोखरामा भलवाढी आउँदा मानिसले दिन दिनै ज्यान गुमाउन परेको अवस्थालाई स्थानीय सरोकारवाला निकायले ध्यान नदिएको गुनासो गरे ।
सहरमा नै वसेको मानिस भलले वगाएर मर्यो भन्न विवस हुनु पर्ने यो वाध्यता कसैले पनि कल्पना गर्न सक्दैन उनले भने ।
पोखरा उपमहानगरपालिका क्षेत्रको भिरालो वनौट र सहरी क्षेत्रमा जता ततै खाडल र कतिपय नालामा स्ल्याव नहुँदा सडकमा हिड्ने वटुवाको लागि सडक धराप वनेको हो । यसलाई व्यवस्थित गर्न स्थानीय सरोकारवाला निकायले ध्यान दिनु पर्नेमा त्यस तर्फ ध्यान नगएको नागरिकको गुनासो छ ।
पोखरा सहर भित्र नगरपालिकाको मातहतमा २ सय ५० किलोमिटर वाटो छ । त्यो वाहेक २७ किलोमिटर वाटो सहरी सडक अन्तर्गत सडक विभाग अन्तर्गत पर्दछ । पछिल्लो समयमा पोखरामा २ सय ४७ मिलिमिटर पानी परेको थियो । करिव २ दशक पछि पोखरामा परेको यो पानीले यस क्षेत्र आसपासमा विध्वंस मच्चयो ।
विगतमा पोखरामा प्रसस्त जमिन खाली थियो । जमिन खाली हुँदा आकाशवाट आएको पानी त्यही सोस्ने गर्दथ्यो । पछिल्लो समयमा यहाँको अधिकांश जमिनमा घर वनिसकेका छन् । खाली जमिनमा वनाईएका घरहरुको सवै भलपानी सडकका नालामा सोझ्याइएको छ । यहाँ वनाईएका नाला अत्यन्तै साँघुरा छन् । विगतको संरचनालाई लक्षित गर्दै निर्माण गरिएका नालाहरुले अहिलेको भलपानी थेग्न सक्ने खालका छैनन् ।
जव आकाशवाट पानी वर्सिन्छ तव नालाले पानी थेग्न सक्दैन अनि वाढीले स्ल्यव फाल्छ र दुर्घटना हुने गर्दछ पोखरा उपमहानगरपालिका कार्यालयका वरिष्ट इन्जिनियर शारदामोहन काफ्लेले भने ।
पोखरामा भलवाढी नै वढी भएका कारण पछिल्लो समयमा नगरपालिका मातहतमा रहेको भित्री सडकमा गटरनाला सहितको पक्कीवाट निर्मांण अभियान थालिएको उनले जानकारी दिएका छन् ।
गटर नाला निर्माण गरी वाटो ढलान गर्दा माथिवाट वर्सेको पानी सिधै सडकवाटै वगेर जाने भएकोले मानिसहरु ढलमा पर्ने जोखिमवाट जोगिने उनको तर्क छ ।
नगरपालिका कार्यालयले दशैं भित्र पोखरा सहरका सवै सडकमा भएका खाडल टालिसक्ने र वाढीले फालेका नालाका स्ल्याव समेत मर्मत गर्ने सोच वनाएपनि कार्यकारी अधिकृत लामो समयसम्म कार्यालयमा अनुपस्थित हुँदा वजेटका कारण निर्माण कार्य अलपत्र परेको वताए ।
नेपाल सरकार सहरी विकास मन्त्रालयले तयार पारेको वस्ती विकास निर्देशीका २०७२ वमोजिम भवन निर्माण गर्नसक्ने आधार वनेमा पोखरा सहरलाई सुरक्षीत सहर वनाउन सकिने सरोकारवालाको भनाई छ । जवसम्म भवन आचार संहितालाई ख्याल गरिदैन तवसम्म पोखरा सुरक्षीत हुन नसक्ने पोखरा उपमहानगरपालिका कार्यालयका योजना महाशाखा प्रमुख शारदामोहन काफ्लेले वताए ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij