शनिबार, कार्तिक १५, २०८३ | Saturday 31st October 2026

एकद्वार सेवा : भद्रपुर नेपालमै पहिलो

  • प्रकाशित मिति : शुक्रबार, अशोज ७, २०७३



  • भद्रपुर   ।  ‘द्वार एक सेवा अनेक’ सोचका साथ भद्रपुर नगरपालिकाले आफ्ना सेवाग्राहीलाई सेवा प्रदान गर्ने व्यवस्था गरेको छ ।

    आजदेखि सुरु हुने सो सेवाका लागि भवन मर्मतसम्भार, प्रविधि र व्यवस्थापनमा नगरपालिकाले रु ३३ लाख खर्च गरी सो व्यवस्था मिलाएको भद्रपुर नगरपालिकाका कार्यकारी अधिकृत सन्तोष घिमिरेले बताए ।

    यो सेवाबाट आमसेवाग्राहीलाई विद्युतीय टोकन मेसिन, अडियोसहितको उजुरीपेटिका, आफ्ना पालो नआएसम्म बातानुकुलित कक्षमा विश्रामको व्यवस्था, नगरपालिकाको कामकारबाहीमा पारदर्शिता झल्किने गरी नाइटभिजनसहितको सिसी क्यामेरा र उचित सल्लाह एवम् परामर्शका लागि सहायता कक्षको व्यवस्थापन गरिएको छ ।

    सम्भवतः नगरपालिकामा यस्तो व्यवस्था नेपालमै पहिलोपटक झापाको भद्रपुर नगरपालिकामा सुरु भएको र यस्तो व्यवस्थाले आम नागरिक नगरपालिकाबाट पूर्णरुपमा सेवा पाउने आशा राखिएको कार्यकारी अधिकृत घिमिरेले जानकारी दिए ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij