प्रकाशित मिति : मङ्लबार, साउन १८, २०७३
दाङ, । जिल्लामा सञ्चालन भएको लागुऔषध दुव्यर्सनी न्यूनीकरण अभियानअन्तर्गत मदन भण्डारी मेमोरियल विद्यालय गुलरियामा सचेतनामुलक कार्यक्रम सम्पन्न भएको छ । सामुदायिक प्रहरी सेवा केन्द्रको आयोजनामा भएको कार्यक्रममा विद्यालयका विद्यार्थीहरुलाई लागुऔषध दुव्यर्सन न्यूनीकरणका बारेमा जानकारी गराइएको थियो ।
कार्यक्रममा वडाप्रहरी कार्यालय घोराहीका प्रमुख प्रहरी निरिक्षक सूर्यबहादुर थापाले लागुऔषध भनेको के हो रु दुव्र्यसनीका कारण, लक्षण, लागुऔषध प्रयोगकर्ता र कारोबारीका लागि हुने कानुनी कारबाहीलगायतका विषयमा जानकारी दिनुभएको थियो । साथै उहाँले लागुऔषध न्यूनीकरणदेखि समाजका अपराध रोक्नका लागि विद्यार्थीहरुको महत्वपूर्ण भुमिका हुने भएकाले त्यसतर्फ लाग्न अनुरोध गर्नुभयो ।
कार्यक्रममा सहभागी विद्यार्थीहरुले लागुऔषध नियन्त्रणसँगै समाज सुधारमा लागीपर्ने प्रतिवद्धता व्यक्त गरेका थिए ।
कार्यक्रममा विद्यालयका कक्षा ८, ९ र १० का सयभन्दा धेरै विद्यार्थीहरुको सहभागीता रहेको थियो । सामुदायीक प्रहरी सेवा केन्द्र दाङका उपाध्यक्ष कृष्णा रानाको अध्यक्षता एवं विद्यालयका प्राचार्य नवराज अधिकारीको प्रमुख आतिथ्यम सचेतनामूलक कार्यक्रम भएको थियो ।
केन्द्रका कोषाध्यक्ष कैलाश रोका मगरको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण सचिव आर।के। शीतलले गर्नुभएको थियो ।
जिल्लामा लागुऔषध दुव्यर्सनी समस्याका रुपमा देखिन थालेपछि सामुदायीक प्रहरी सेवा केन्द्र, जिल्ला प्रहरी कार्यालय, वडा प्रहरी कार्यालयले घोराही बजारमा विशेष प्राथमिकताका साथ सचेतनामुलक कार्यक्रम गर्दै आएका छन् । जसअन्तर्गत वडाप्रहरी कार्यालयले घोराही बजारको तुलसीपुर चोक, ट्राफिक चोक र बसपार्क क्षेत्रमा घोराही नगरलाई लागुऔषधमुक्त बनाऔं लेखिएका बोर्ड स्थापना गरेको छ । यस्तै विद्यालयमा पहिलो चरणमा विद्यार्थी लक्षीत सचेतनामुलक कार्यक्रम पनि आयोजना हुँदै आएका छन् ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij