शनिबार, कार्तिक १५, २०८३ | Saturday 31st October 2026

चैत मसान्तसम्म मुस्ताङमा युरेनियमको परिणाम पत्ता लगाउने उद्योगमन्त्रीको दावी

  • प्रकाशित मिति : शुक्रबार, अशोज ७, २०७३



  • काठमाडौं  ।  उद्योगमन्त्री नविन्द्रराज जोशीले चैत मसान्तसम्म मुस्ताङमा रहेको युरेनियमको परिणाम पत्ता लगाउने बताएका छन् ।
    उद्योगमन्त्री जोशीले शुक्रबार व्यवस्थापिका संसद्को उद्योग वाणिज्य तथा उपभोक्ता हित सम्बन्ध समितिको बैठकमा युरेनियमको परिणाम पत्ता लगायनका लागि एउटा टोली मुस्ताङको लोमान्थाङ पठाएको तर त्यो टोली चिसो मौसम सुरु हुन लागेकाले दुई सातामा नै फर्किने बताएका हुन् ।
    उनले चिसो मौसम सकिएपछि एक महिनाका लागि पुनः अनुसन्धान टोलीलाई मुस्ताङ पठाउने र त्यो समयमा युरेनियमको परिणाम पत्ता लगाउने बताए ।
    उनले युरेनियमको परिणाम पत्ता लगाउनका लागि सरकारी जनशक्तिले नपुग्ने भन्दै निजी क्षेत्रको सहयोग लिने पनि बताए ।
    अघिल्लो सरकारका उद्योगमन्त्री सोमप्रसाद पाण्डेले युरेनियमको अन्वेषण कार्य अगाडि बढाएका थिए ।सबैभन्दा धेरै परमाणु भार भएको युरेनियमलाई रणनीतिक महत्वको खनिज मानिन्छ ।
    जानकारहरुका अनुसार १० ग्राम शुद्ध युरेनियमको मूल्य १८ करोड रुपैयाँ भन्दा बढी पर्छ ।
    उद्योगमन्त्री जोशीले नपलपरासीमा रहेको फलाम खानीमा कति फलाम छ भन्ने बारेमा पनि मन्त्रालयले अध्ययन गर्ने बताए ।
    उनले नवलपरासीमा कात्तिक २५ गतेदेखि पुस मसान्तसम्मको समय लगाएर अध्ययन गरी परिणाम पत्ता लगाउने बताए ।
    नवलपरासीको धौबादी गाविसको पोखरी भन्ने स्थानमा ठूलो फलाम खानी रहेको तथ्य अघिल्लो सरकारका पालामा गरिएको सर्भेका क्रममा फेला परेको थियो ।
    पोखरीमा करिब १० किलोमिटर क्षेत्रमा फलाम रहेको अनुमान गरिएपनि फलाक कति परिणाममा छ भन्ने यकिन भएको छैन ।
    मन्त्री जोशीले इमाडोल र टेकुमा प्राकृतिक ग्याँस रहे÷नरहेको बारेमा कात्तिक ५ गते परीक्षण गरिने पनि बताए ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij