शनिबार, कार्तिक १५, २०८३ | Saturday 31st October 2026

डा हर्क गुरुङलाई राष्ट्रिय विभूति घोषणाको माग

  • प्रकाशित मिति : शुक्रबार, अशोज ७, २०७३



  • बेसीसहर । भूगोलविद् स्वर्गीय डा हर्क गुरुङलाई राष्ट्रिय विभूति घोषणा गर्न स्थानीयवासीले माग गरेका छन् ।

    उनको जन्मस्थल लमजुङको ताङ्लीचोकका बासिन्दाले नेपालको पर्यटन, भौगोलिक विकासका संरचना तथा विभिन्न क्षेत्रमा पु¥याएको योगदानको कदर गर्दै भूगोलविद् डा हर्क गुरुङलाई राष्ट्रिय विभूति घोषणा गर्न माग गरेका हुन् ।

    दश वर्षअघि ३०६३ असोज ७ गते ताप्लेजुङको घुन्सामा हेलिकप्टर दुर्घटनामा परेर ज्यान गुमाएका डा हर्क गुरुङको योगदानलाई सरकारले कदर गर्न नसकेको स्थानीय बासिन्दाको गुनासो छ ।

    स्वर्गीय डा गुरुङको १०औँ स्मृति दिवसको अवसरमा आज शुक्रबार उनको समाधिस्थल भुलभुले गाविस–५, ताङ्लीचोकमा स्थानीय बासिन्दाले श्रद्धाञ्जलि सभाको आयोजनासमेत गरेका छन् ।

    उत्तरी लमजुङको बाहुनडाँडा गाविस–२, नाइँचेस्थित मामाघरमा १९९५ साल पुस २१ गते बाबु पारसै गुरुङ र माता मैँस्यो गुरुङको कोखबाट जन्मेका डा हर्क गुरुङको, विश्व वन्यजन्तु कोष नेपालले आयोजना गरेको कन्चनजङ्घा संरक्षण क्षेत्र आयोजना स्थानीय समुदायलाई हस्तान्तरण गर्ने कार्यक्रममा भाग लिएर फर्कंदै गर्दा हेलिकप्टर दुर्घटनामा परी २०६३ असोज ७ गते निधन भएको थियो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij