प्रकाशित मिति : मङ्लबार, साउन १८, २०७३
नेपाली काँग्रेस दाङको जिल्ला भेला मंगलवार तुलसीपुरको वस्टर्न प्यालेसमा भएको छ । जिल्लामा स्थानीय तह पुर्नंसरचनाको बहस चल्दै गर्दा काँग्रेस दाङ भने त्यसविषयमा बल्ल छलफल गर्दै थियो ।
काँग्रेस दाङको भेलाले स्थानीय तह पुर्नंसरचनाको निर्दैशिका नै अव्यवहारिक र अबैज्ञानिक रहेको निष्कर्ष निकालेको छ ।
उसले संविधान संशोधन मार्फत उक्त कुरा सच्चाउन माग पनि गरेको छ । जिल्ला सभापति कीर्तिबहादुर खड्काको अध्यक्षमा बसको भेलाले तीन हजार बढी गाविसहरुलाई कटौटी गरि साढे ५ सयको हाराहारीमा गाउँपालिका बनाउने भन्ने निर्णय स्वीकार्य नहुने निष्कर्ष निकालेको जिल्ला सदस्य सुरेन्द्र खड्काले जानकारी दिए ।
उनका अनुसार त्यति थोरै गाउँपालिका निर्माण गर्दा जनताले सास्ति मात्रै भोग्ने तर सेवा सुविधा नपाउने हुँदा त्यसलाई सच्चाउनुपर्ने आवाज अधिकाँस सहभागिले उठाएको बताए । यद्यपी उक्त भेलाले जिल्ला सभापति खड्काको संयोजकत्वमा १३ सदस्य स्थानीय तह पुर्नसंरचना सम्वन्धी अध्यन र सुझावका लागि कार्यदलपनि गठन गरेको छ ।
जसमा पूर्व जिल्ला सभापतिहरु , पाँच वटा क्षेत्रीय सभापतिहरु र काँग्रेस दाङका दिग्गज नेता कार्यकर्ता पनि समावेश गरिएका छन् । जिल्लाभरका नेता कार्यकर्ता, महासमिति सदस्यहरु , महाधिवेशन प्रतिनिधिहरु , जिल्ला कार्यसमिति सदस्य, क्षेत्रीय सभापतिहरु, भातृसंगठनका प्रमुखहरु र शुभेच्छुक संघसंस्थाका प्रमुखहरु समेत सामेल रहेको जिल्ला सदस्य सुरेन्द्र खड्काले जानकारी दिए ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij