शनिबार, कार्तिक १५, २०८३ | Saturday 31st October 2026

प्रधानमन्त्रीको निर्देशन – नयाँ बर्षसम्म मेलम्चीको पानी काठमाडौं पुर्याउ

  • प्रकाशित मिति : शुक्रबार, अशोज ७, २०७३



  • काठमाडौं  । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आगामी बैशाखसम्म काठमाडौंमा पानी पु¥याउन सम्बन्धित निकायलाई निर्देशन दिएका छन् । आयोजनाको पछिल्लो काम हेर्दा सन्तोषजनक नै भएकोले बैशाखसम्म काठमाडौंमा पु¥याउन उनले निर्देशन दिए ।

    ‘अहिले भईराखेको आयोजनाको काम सन्तोषजनक नै छ, सुन्दरीजलतिर पनि त्यो हेर्दा सन्तोषजनक नै छ’ राष्ट्रिय गौरवका आयोजना अनुगमनको क्रममा सिन्धुपाल्चोकको मेलम्ची पुगेका प्रधानमन्त्री प्रचण्डले भने ‘हेर्दा आशावादी छु, २०७४ को शुरुतिर काठमाडौंमा पुयाउने संभव छ, अब जे हातमा छ, त्यो तोकिएको समयभित्र पूरा गरौँ । पुरै जान नसकेपछि नयाँ वर्षसंगै पानी जान संभव छ । समयमै पूरा गर्ने कुरामा ध्यान जानु पर्दछ ।’

    उनले मुहानमा ट्याँकी बनाउन संभव भएमा ट्याँकी बनाउने नभए पाईप जोडेरै भएपनि बैशाखसम्म काठमाडांैमा पानी पु¥याउन निर्देशन दिए । उनले काम हेर्दा केही ठाउँमा कठिन काम भएकोले २ अढाई महिनामा हेडवर्क पूरा हुने संभावना रहेको बताए । वारफूटिङ्गमा काम गर्न निर्देशन दिँदै प्रचण्डले मेहनेत भन्दा डवल गर्ने हो भने कर्मचारी र कामदारलाई पुरस्कृत गर्ने पनि बताए ।

    राष्ट्रिय गौरवका आयोनजाका अत्यन्तै सुस्त गतिमा रहेकोले आफू अनुगमनमा निस्केको भन्दै उनले मेलम्चीको काम भने पछिल्लोपटक सन्तोषजनक रहेको बताए । प्रचण्डले मेलम्ची पुग्ने वाटोको कारण जनतालाई समस्या परेको भन्दै गेल्थुम, मेलम्ची बजार र अम्बाथान सम्म बाटो पिच गर्न निर्देशन दिए ।

    मेलम्ची आयोनजाको बारेमा शुरु देखि जानकार कामु मुख्य सचिव चन्द्रमणी शर्माले बैशाखसम्म मेलम्चीको पानी काठमाण्डौ पुग्ने बताए ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij