प्रकाशित मिति : बुधबार, साउन १९, २०७३
१८( साउन र नयाँ सिमाकनमा तथा पुनःसंरचना अन्र्तगत तुलसीपुर नगरपालिकालाई पनि उप(महानगरपालिका बनाउनुपर्ने सहभागीहरुले सुझाव दिएका छन् । स्थानीय पुर्नसंरचना सम्वन्धि मंगलवार तुलसीपुरमा भएको अन्तरक्रिया कार्यक्रममा सहभागी सरोकार वालाहरुले तुलसीपुर नगरपालिकाको जनसंख्याले मात्र उपमहानगरपालिका बनाउन नसकिने अवस्था आएमा छिमेकी गाविसहरुलाई तुलसीपुरमा गाबेर भएपनि उपमहानगरपालिका बनाउनुपर्ने सुझाव दिएका छन् ।उप(महानगरपालिकाको लागि तुलसीपुर क्षेत्रमा पनि पूर्वाधारहरु रहेकाले पनि तुलसीपुर नगरपालिकालाई उपमहानगरपालिका बनाउन सकीने स्थानीय कृष्ण भुसालले बताए । त्यसै गरी सहभागीहरुले घोराही र तुलसीपुरलाई उपमहानगरपालिका गराउन सकेमात्र दाङलाई प्रादेशिक राजधानि गराउन सकीने सहभागीहरुले भनाई थियो ।
‘प्रादेशिक राजधानि संगै तुलसीपुर नगरपालिकालाई पनि उपमहानगरपालिका गराउनुपर्छ, तुलसीपुर भविष्यमा व्यपारीक दृष्टि कोणले पनि अन्य पहाडि जिल्लाको व्यापारीक केन्द्र बन्छ तुलसीपुर नरपालिकाका पूर्व मेयर ढुण्डीराज लामिछानेले बताए ।
त्यसैगरी सहभागी पत्रकार सुसिल बस्नेतले मानपुर, विजौरी, डुरुवा, फुलवारी, गोल्टाकुरी, पवननगरलाई समेटने हो भने जनसंख्या उपमहानगरका लागि प्राप्त हुने बताएका थिए । ‘हाम्रो चाहाना पनि तुलसीपुर नगरपालिकालाई उपमहानगरपालिका बनाउने हो त्यसका लागि हामीहरुले पनि सहयोग गर्न तयार छौं –मानपुर गाविसका स्थानीय छविलाल वलीले भने ।
त्यसैगरी मानपुर र विजौरीका स्थानीयहरुले आफुहरु त्रिपुर नगरपालिका भन्दा पनि तुलसीपुर उप(महानगरपालिकामा गाविन सक्ने बताए । त्यसैगरी फुलवारी र गोल्टाकुरीका स्थानीयहरुले पनि आफुहरु गाउपालिका भन्दापनि तुलसीपुर उप(महानगरपालिकामा गाविन सक्ने बताए ।
‘हाम्रो सहजता र हामीहरु अन्य गाउपालिका भन्दा पनि तुलसीपुर उपमहानगरपालिकामा समावेश हुन तयार छौं, सवैको चाहना पनि त्यही हो –फुलवारी निवासी हरिदत्त कार्कीले भने ।’ त्यसैगरी हेकुलीका शोभाकर न्यौपानेले तुलसीपुर नगरपालिकालाई उप(महानगरपालिका बनाउनेमा आफुहरुलाई स्वागत योग्य भएपनि आफुहरु गाउपालि बनाउने बताए ।
त्यसैगरी मानपुरका स्थानीय लालबहादुर गिरीले भने आफुहरु कुनैपनि हालतमा त्रिपुरमा नजाने भन्दै छुटै नगरपालिकाको बनाउन अग्रसर हुने बताएका थिए । पुरन्धारा, पञ्चकुले, वाघमारे, पवननगरकाले भने पश्चिमका गाविसहरुलाई गाउपालिका बनाउने पर्ने बताए ।
कार्यक्रममा गाविसबाट आएका विभीन्न राजनितिक दलका प्रतिनिधि तथा सरोकारवालाहरुले आफनो गाविसलाई कस्तो संरचनाम लैजाने भन्ने एक चरणको छलफल भएको बताएका थिए । कार्यक्रममा नागरीक समाज दाङका संयोजक टिकाराम रेग्मीले पुरन्धारा देखि विजौरी सम्मका जनताले तुलसीपुरलाई उपमहानगरपालिका बनाउनुपर्ने धारण राखेको भन्दै उपमहानगरपालिका बन्दाको फाइदा र व्यफाइदाका बारेमा वुझनु पर्ने भन्दै जनतालाई जस्तो गर्दा सेवामा सहजता हुन्छ त्यस्तै गनुपर्ने सुझाव दिए ।
सहभागीहरुले प्रमुख राजनितिक दलका नेताहरु कार्यक्रममा नआएको भन्दै उनीलाई सहभागी नगराएको भन्दै आपती प्रकट गरेका थिए । स्थानीय तहपुर्ण संरचना प्राविधिक सयोग समितिका सदस्य प्रसुराम वैदारको अध्यक्षता भएको कार्यक्रममा वैदारले सहभागीहरुबाट आएका कुराहरु जस्ताको तस्तै समितिका पेश गर्ने बताएका थिए ।
कार्यक्रममा विभीन्न संघ संस्था, कार्यालय, राजनितिकदललगायतका प्रतिनिधीहरुले सुझाव दिएका थिए । समितिका सदस्य केशव सिजवालको स्वागत मन्तव्यवाट सुरु भएको कार्यक्रमको सहजीकरण जिल्ला विकाशका बालकृष्ण खनालले गरेका थिए ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij