प्रकाशित मिति : शनिबार, अशोज ८, २०७३
रोल्पा । सामुदायिक सेवा समिति रोल्पाको नवौँ महाधिवेशनले शुक्रबार निमबहादुर सिंह ठकुरीको अध्यक्षतामा १२ सदस्यीय नयाँ कार्य समिति चयन गरेको छ ।
समितिको उपाध्यक्षमा नरबहादुर डाँगी, सचिवमा धनराज डाँगी, सहसचिवमा गीता डाँगी, कोषाध्यक्षमा ओबीलाल केसी र सदस्यमा हरिबहादुर घर्ती, विष्णु घर्ती, हिमा घर्ती, यामबहादुर गुरुङ, लोकबहादुर केसी, खर्कबहादुर घर्ती र कृष्णकुमार नेपाली चयन भएका छन् ।
महाधिवेशनको उद्घाटन प्रमुख जिल्ला अधिकारी मित्रलाल शर्माले गरेका थिए ।
कार्यक्रममा स्थानीय विकास अधिकारी सुशील वैद्य, प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीमगर, जिल्लाका राजनीतिक दलका प्रमुख एवम् प्रतिनिधि, सामुदायिक सेवा समितिका सदस्यको सहभागिता रहेको थियो ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij