शुक्रबार, कार्तिक १४, २०८३ | Friday 30th October 2026

रोल्पा जिल्लाका २५ ओटा सरकारी कार्यालयमार्फत ७ करोड ४५ लाख ९० हजार राजस्व

  • प्रकाशित मिति : बुधबार, साउन १९, २०७३



  • १८(साउन र आव २०७२र७३ मा रोल्पा जिल्लाका २५ ओटा सरकारी कार्यालयमार्फत ७ करोड ४५ लाख ९० हजार राजस्व सङ्कलन भएको छ । सबैभन्दा बढी कोष तथा लेखा नियन्त्रण कार्यालयबाट राजस्व सङ्कलन भएको छ ।कोष तथा लेखा नियन्त्रण कार्यालय रोल्पाका कोष नियन्त्रक शिवराम महतका अनुसार गत वर्ष कोष तथा लेखा नियन्त्रक कार्यालयले सबैभन्दा धेरै ४ करोड ४६ लाख १२ हजार राजस्व सङ्कलन गरेको छ ।

    यस्तै जिल्ला प्रशासन कार्यालयबाट ७२ लाख ९२ हजार, मालपोत कार्यालयबाट ५४ लाख ३ हजार, जिल्ला शिक्षा कार्यालयबाट ४४ लाख ९ हजार, जिल्ला विकास समितिबाट २२ लाख ४९ हजार, जिल्ला अदालतबाट ११ लाख २३ हजार ९ सय ७५, जिल्ला हुलाक कार्यालयबाट १० लाख ९२, जिल्ला वन कार्यालयबाट १० लाख ५९ हजार, र जिल्ला प्रहरी कार्यालयबाट ९ लाख २७ हजार ५८१, राजस्व सङ्कलन भएको छ ।

    कोष तथा लेखा नियन्त्रण कार्यालयले मदिरा अन्तशुल्कबाट र जिल्ला प्रशासनले राहदानी वितरणबाट सबैभन्दा धेरै राजश्व संकलन गरेको कोष नियन्त्रक महतले जानकारी दिए ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij