आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

प्रादेशिक महोत्सव २०७४ को उद्घाटन पुर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गर्ने

  • प्रकाशित मिति : मङ्लबार, माघ ९, २०७४



  • मधु पौडेल , बाँके । नेपालगञ्जमा संचालन हुने प्रादेशिक महोत्सव २०७४ को पुर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गर्ने भएका छन । यहि माघ ११ देखि २२ गतेसम्म नेपालगञ्जस्थित सडक डिभिजन परिसरमा संचालन हुने महोत्सवको उद्घाटन गर्न प्रचण्ड नेपालगञ्ज आउने मंगलबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराईएको छ ।

    महोत्सवको तयारीका बारेमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा बोल्दै महोत्सव आयोजक मुल समितिका संयोजक नन्दलाल बैश्यलले उद्योग वाणिज्य संघको विशेष आग्रहमा प्रचण्ड नेपालगञ्ज आउन लागेको जानकारी दिए । प्रचण्डसँगै नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष भनावी राणा पनि महोत्सवको उद्घाटन समारोहमा सहभागी हुने बैश्यले जानकारी दिए । साथै उक्त रमारोहमा हेलिकोप्टरबाट पुष्पवर्षा गर्ने तयारी गरिएको संयोजक बैश्यले बताए ।DSC_2422

    संघिय संरचना कायम भएपछि नेपालगञ्जमा पहिलो पटक प्रादेशिक महोत्सव आयोजना गर्न लागिएको बताउँदै संयोजक बैश्यले महोत्सवबाट संकलीत रकम बहुउद्धेश्यीय सभागृह निर्माणमा खर्च गरिने बताए । उनले महोत्सवमा २ सय ६० वटा ब्यवसायीक स्टलका अलावा ५ कृषी, ४ जडिबुटी, १४ अटोमावाईल्स, २२ रेष्टुरेन्ट र १६ विदेशी स्टल सहित कुल ३ सय २१ स्टल रहने जानकारी दिए ।

    महोत्सवकालागी आवश्यक सम्पूर्ण तयारी पुरा भएको बताउँदै नेपालगञ्ज उद्योग वाणिज्य संघका महासचिव तथा सचिवालय ब्यवस्थापन समितिका संयोजक अजय कुमार टण्डनले महोत्सवबाट १ करोड बढि रकम बचत गर्ने लक्ष्य लिईएको बताए । ५ लाख बढिले महोत्सवको प्रत्यक्ष अवलोकन गर्ने बताउँदै टण्डनले राष्ट्रिय तथा अन्तराष्ट्रिय उत्पादनको प्रवद्र्धनमा महोत्सवको भूमिका महत्वपूर्ण रहने बताए । महोत्सवलाई ब्यवस्थितरुपमा संचालन गराउन तथा दर्शकहरुको सुरक्षा ब्यवस्थालाई मध्यनजर गर्दै महोत्सव परिसरमा २४ वटा सिसि क्यामरा जडान गरीएको महासचिव टण्डनले जानकारी दिए ।

    माघ ११ गतेबाट संचालन गरीने महोत्सवको उद्घाटन समारोह अघि नगरका बिभिन्न क्षेत्रबाट साँस्कृतीक झाँकी सहितको कलश यात्रा निकाल्ने तयारी गरीएको छ । उक्त समारोहकालागी हात्तीको पनि ब्यवस्था मिलाइएको र आवश्यक तयारी समेत पुरा भैसकेको बताईएको छ । महोत्सवमा अमेरिकी ब्याण्डका कलाकारहरुको समेत विशेष प्रस्तुती रहने उद्योग वाणिज्य संघद्धारा जारी प्रेस विज्ञप्तीमा उल्लेख गरिएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij