शनिबार, कार्तिक १५, २०८३ | Saturday 31st October 2026

दोहोरीगीत प्रतिष्ठानको छैठौँ अधिवेशन आज उपराष्ट्रपतिले उद्घाटन गर्ने

  • प्रकाशित मिति : शनिबार, अशोज ८, २०७३



  • काठमाडौं   । आज काठमाण्डौमा राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान, नेपालको छैठौँ केन्द्रीय महाधिवेशन उद्घाटन हुदैछ । कमलादी स्थित प्रज्ञा प्रतिष्ठान भवनमा अधिवेशनको उपराष्ट्रपति नन्द बहादुर पुनले दिउँसो १ बजे उद्घाटन गर्नुहुने प्रचारप्रसार सदस्य नारायण खनाल लेकालीले तुलसीपुर अनलाइनलाई जनाए ।

    त्यसअघि देशभरका कलाकारहरुको -यालि निकाल्ने कार्यक्रम छ । आजको कार्यक्रममा देशका विभिन्न जिल्लाको झाँकी, लोककला संस्कृती प्रस्तुत गरिने र उत्कृष्ट हुनेलाइ पुरस्कृत गरिने समेत उनले जनाए । महाधिवेशनका लागी देशभरिबाट करिब २ हजार प्रतिनिधिहरू तथा विदेशमा समेत रहेका प्रतिष्ठानको संगठनका प्रतिनिधी समेत काठमाण्डौ आइसकेको लेकालीले जनाए ।

    साथै १२ भन्दा बढि देशको सांस्कृतीक कार्यक्रम पनि देखाइने कार्यक्रम रहेको छ । प्रतिष्ठानको अध्यक्षमा प्रथम उपाध्यक्ष टिकाराम चापागाई, त्यसैगरि वरिष्ठ उपाध्यक्ष बद्री पंगेनी र वामपन्थी गायक भनेर चिनिने विष्णु खत्रिको विचमा प्रतिष्पर्धा हुने देखिएको छ ।

    कडा प्रतिष्पर्धा हुने मानिएको छैटौ अधिबेशनमा वरिष्ठ उपाध्यक्षको उम्मेदवार पदको लागि तत्कालिन महासचिव रमेश बिजीको, विमलराज क्षेत्रि, ऋषिलाल श्रेष्ठको चर्चा छ । त्यस्तै प्रथम उपाध्यक्षमा पशुपति शर्मा, द्वितीय उपाध्यक्षमा रामजी खाँडको उम्मेदवारी देखिएको छ भने महासचिवमा भने गायक शिरिष देवकोटा र गीतकार सुवास केसीको उम्मेदवारी परेको छ ।

    सचिवमा राधिका हमाल, कृष्ण रेउल, पुष्कल शर्मा, शंकर बिसी, खुमन अधिकारी, राजु गुरुङ, नविन पौडेल, चोलेन्द्र पौडेल, हुम गैरेको चर्चा छ । त्यस्तै कोषाध्यक्षमा दिपक खड्का, सह कोषाध्यक्षमा टिका पुनको नामले बजार तताएको छ । २ सचिव पदको लागि ११ जनाको प्रतिष्पर्धा हुने पक्का पक्कि छ ।

    पन्ध्र सदस्यको लागि झण्डै सय जनाको कडा प्रतिष्पर्धा हुने देखिएको छ । सदस्यमा मुना थापा मगर, प्रकाश कटुवाल, ईश्वरी भुसाल, राजन ठकुरी, विरही कार्की, गणेश गुरुङ, शिव हमाल, किरण अधिकारी, कृष्ण आँसु, पूर्णकला बिसी, डम्बर नेपाली, जानकी तारमी मगर, अमृता लुंगेली, सावित्री जोशी लगायतको नाम अगाडि रहेको बुभिएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij