प्रकाशित मिति : बुधबार, साउन १९, २०७३
१८(साउन र सडक डिभिजन कार्यालय चौरजहारी रुकुमका ईन्जिनियर भुवन खडका मृत फेला परेका छन । गएराती खाना खाएर सुतेका ५३ वर्षिय खडका कोठामै मृतअवस्थामा फेला परेका हुन ।चौरजहारी नगरपालिका २, घारीगाउँमा स्थित कार्यालयको क्वाटरमा बस्दै आएका खडकाको मृत्युको कारण पत्ता लागेको छैन तर उनलाई ब्लडप्रेसरको समस्या रहेको आफन्त लाई उद्धृत गर्दै ईलाका प्रहरी कार्यालय चौरजहारीले जानकारी दिएको छ ।
उनको स्थायी ठेगाना विरेन्द्रनगर नगरपालिका ५, चिसापानी सुर्खेत रहेको बताईएको छ । आफन्तहरु नआउदा सम्म शव नचलाउने भन्ने खवर आएकोले प्रहरीले शवको सुरक्षा गरीरहेको ईलाका प्रहरी कार्यालय चौरजहारीका सहायक प्रहरी निरिक्षक हिरा वहादुर खत्रीले जानकारी दिए ।
उनका अनुसार आफन्तहरु साँझसम्म चौरजहारी आईपुगे पछि शवको मुचुल्का उठाएर घरपरिवार लाई वुझाउने प्रहरीले वताएको छ ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij