शनिबार, कार्तिक २२, २०८३ | Saturday 7th November 2026

आज अपराह्न नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड प्रधानमन्त्रीमा निर्वाचित भएलगत्तै

  • प्रकाशित मिति : बुधबार, साउन १९, २०७३



  • काठमाडौं–आज अपराह्न नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड प्रधानमन्त्रीमा निर्वाचित भएलगत्तै भोली शितलनिवासमा हुने शपथ ग्रहणका लागि कांग्रेसले एकजना उपप्रधानमन्त्रीसहित थोरै मन्त्री पठाउने भएको छ ।

    सुरुमै ठूलो मन्त्रिमण्डल बनाएर जाँदा आसन्न नेविसंघ महाधिवेशन प्रभावित हुने कारण सभापति शेरबहादुर देउवाले भोलि थोरै र आठ–दश दिनभित्रै थप मन्त्रीलाई सरकारमा सामेल गराउने भएका हुन् ।

    आफू पार्टी सभापति भएपछि भातृसंगठनको पहिलो निर्वाचनमा आफ्ना पक्षधर उम्मेदुवार हटाउन रामचन्द्र पक्षधर मन्त्रीहरु लाग्ने खतराको कारण उनले यस्तो गर्न चाहेका हुन ।

    तर, हिजो साँझसम्म पनि भोलि शपथमा पठाउने मन्त्रीको टुंगो लगाउन देउवालाई हम्मै परेको छ ।

    दिउँसो अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमै रामचन्द्र पक्षधरले ६ जना मन्त्री माग्दा देउवाले ‘तीनदेखि चनर, त्यो भन्दा बढी हुन्न’ भनिसकेका छन् ।

    त्यसमध्यृ भोलिको शपथमा शेखर कोइराला सहभागि हुने बताइन्छ । तर, समस्या छ – देउवाको कोटरीमा ।

    शपथमा उपप्रधानमन्त्रीसहित गृहमन्त्रीको रुपमा विमलेन्द्र निधि जाँदैछन् । देउवाले भोलिको शपथमा पठाउन तयार पारेका अरु तीनजना हिजो साँझसम्म अप्ठेरा कुरा गरेर समस्यामा पार्दै थिए ।

    देउवाले मन्त्री बनाउने टुंगो लगाएका गोपालमान श्रेष्ठ, अर्जुनरसिंह केसी र बालकृष्ण खाँणले निधीको नेतृत्वमा जान नसकिने बताए ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij