शनिबार, कार्तिक १५, २०८३ | Saturday 31st October 2026

‘साथी’को हत्या गर्ने पाँच अभियुक्त कारागार चलान

  • प्रकाशित मिति : शनिबार, माघ २०, २०७४



  • रसुवा, माघ २०। रसुवाको उत्तरगया गाउँपालिकाको गोगनेभिर सडकमा ज्यान मारेको अभियोगअन्तर्गत् पाँचजना अभियुक्तलाई कारागार चलान गरिएको छ।

    रसुवा जिल्ला अदालतले दिएको जानकारीअनुसार पुर्पक्षका लागि कारागार चलान हुनेमा कपिलवस्तुको शिवराज नगरपालिका–११ घर भइ हाल अप्पर त्रिशूली–१ विद्युत् आयोजनामा काम गर्ने देवराज घर्तीमगर, दिलमान घर्तीमगर, दीपेन्द्र पुनमगर, कुलमान बुढामगर र सुशील गिरी रहेका छन् ।

    उनीहरुको समूहले गत पुस २४ गते आफ्नै साथी कामदार प्यूठान जिल्ला बाजीकोट–२ का ४० वर्षीय उदयमहत क्षत्रीलाई फलामको औजारले हिर्काइ मारेको अनुसन्धानबाट खुलेपछि हदैसम्मको सजायका लागि जिल्ला सरकारी वकिलको कार्यालयमार्फत् ती पाँचैजना अभियुक्तलाई जिल्ला अदालतसमक्ष बुझाइएको जिल्ला प्रहरी प्रमुख शरदकुमार थापाक्षत्रीले बताए ।

    रसुवाको हाकु क्षेत्रमा निर्माण हुन लागेको २१६ मेघावाट जलविद्युत् आयोजनाको एरियाभित्र भएको सो घटनाको अनुसन्धान पुष्टि गर्न केन्द्रबाट विशेषज्ञ झिकाइ पोलिग्राफ उपकरण प्रयोग गर्नुपरेको प्रहरीले जनाएको छ । रासस

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij