शनिबार, कार्तिक २२, २०८३ | Saturday 7th November 2026

केही एआईजीपीहरुले आइजीपीको निर्देशन मान्न छाडिसकेका

  • प्रकाशित मिति : बुधबार, साउन १९, २०७३



  • काठमाडौं–प्रहरी नेतृत्वमा बिग्रँदै गएको चेन अफ कमाण्ड त छताछुल्ल नै भइसकेको छ । केही एआईजीपीहरुले आइजीपीको निर्देशन मान्न छाडिसकेका छन् ।

    एआईजी राजेन्द्रसिंह भण्डारीले त प्रहरी नेतृत्वसँग सम्बन्ध नै बिच्छेद गरिसकेका छन् । एउटै ब्याचका प्रहरी आईजी, एआईजी हुँदा चेन अफ कमाण्डमा समस्या हुनु सामान्य कुरा हो ।

    तर, तल्लो तहका प्रहरीले पनि सिधै आईजी उप्रेन्द्रकान्त अर्याललाई चुनौती दिन थालेका छन्, त्यो पनि सार्वजनिक रुपमा ।

    आजभोलि प्रहरीका कुनै समाचार आयो कि त्यसलाई फेसबुकमा प्रचारप्रसार गरिने चलन छ । प्रहरी अधिकृतको चाडकीका लागि फेसबुकमा व्यापक प्रचारप्रसार हुने गरेको छ ।

    गत शुक्रबार प्रहरी महानिरीक्षक अर्याल एउटा भवनको उद्घाटनको लागि धुलिखेल गएका थिए । काम पनि हुने र गुड फ्राइडेमा घुमघाम पनि हुने भएकाले उनी सानो कार्यक्रम भए पनि रिफ्रेसमेन्टका लागि काभ्रे गएका थिए ।

    सोही कार्यक्रमको फोटो फेसबुकमा सेयर भयो । उक्त फोटोमा कमेन्ट गर्दै एक डिएसपीले भने अर्याललाई चुनौती दिएका छन् । डिएसपी केपी शर्मा ले उक्त फोटोमा कमे६न गर्दै लखेका छन्, ‘प्हरी नेतृत्व उद्घाटन, मिटिङ, पार्टी भोज रोज, छैन नयाँ खोज के गर्ने नियती परम्पराको ।’

    डिएसपी शर्माको आईजीपी अयाँलसँग लामो समयदेखि दुश्मनी चल्दै आएको छ । अवकाशको बेलामा उनले जिल्ला ईन्चार्ज हुने इच्छा देखाएका थिए । तर, खराब पृष्ठभूमिका कारण अर्यालले उनलाई गण र अञ्चलमै थन्क्याएका थिए ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij