प्रकाशित मिति : बुधबार, साउन १९, २०७३
शिव राज खनाल
देउखुरी १९ साउन
इलाका प्रसासन कार्यालय लमही बाट एक बर्षको अबधिमा राहदानी वितरण बाट झन्डै २ करोड बरावरको राजश्व संकलन गरेको जनाएको छ । २०७२÷०७३ मा प्रशासनले कुल १ हजार ९ सय २३ वटा राहदानी वितरण गरेको र त्यही राहदानी अन्र्तगत कुल १ करोड ९५ लाख राजश्व संकलन गरेको हो । प्रसासनले पुरुष तर्फ १ हजार ८ सय २८ , महीला ९१ र बालबालीका ४ जना गरी १ हजार ९ सय २३ जना व्यक्तीहरु लाई राहदानी बनाउन दीएको थियो । राहदी बनाउन गरीने सिफारीस अन्र्तगत उनिहरु बाट संकलीत ५ हजार र १० हजारका दरले कुल १ करोड ९५ लाख राजश्व संकलन भएको कार्यालयका सुचना अधिकारी वेद प्रसाद लुईटेल ले जानकारी दीनु भयो । त्यसै गरी कठामाण्डौ बाट राहदानी बनाउने को संख्यामा भने कुल ७ सय २३ जना मात्र रहेको लुईटेलले बताउनु भयो । यस्तै इलाका प्रसासन कार्यालय लमही बाट एक बर्षको अबधीमा ४ हजार बढी नागरीकता वितरण गरीएको छ । २०७२÷०७३ असार मसान्त सम्मको ४ हजार ५ सय ६५ वटा नागरीक्ता वितरण भएको थियो ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij