शनिबार, कार्तिक १५, २०८३ | Saturday 31st October 2026

कांग्रेस शिकार गरेर अघाएको बाघजस्तो: ओली

  • प्रकाशित मिति : सोमवार, अशोज १०, २०७३



  • काठमाडौं   ।  एमाले अध्यक्ष केपी शर्मा ओलीले कांग्रेसलाई अघाएको बाघसँग तुलना गरेका छन् ।

    राजधानीमा आइतबार पत्रकार गोपाल खनालको पुस्तक ‘भूराजनीति’ विमोचन कार्यक्रममा ओलीले कांग्रेससँग कुनै पनि नीति नभएको बताए । ‘संसदको सबैभन्दा ठूलो पार्टी कांग्रेस निदाएको छ कि ब्युझेको छ थाहा छैन, नीति छ कि छैन थाहा छैन, कसो हुनुपर्छ थाहा छैन,’ कांग्रेस आराम गरिरहेको उल्लेख गर्दै ओलीले भने, ‘बाघले शिकार भेटायो खायो भने खान्छ र लमतन्न खुट्टा पसार्छ, कांग्रेसले के शिकार गर्‍यो कुन्नी खुट्टा पसारेर सुतेको छ ।’

    सरकारका प्रवक्ता राम कार्कीले चीनतिरको बाटो खोल्दा पर्यावरण बिग्रन्छ भन्ने भनाइप्रति कांग्रेसको धारणा नआएकोमा ओली आक्रोसित थिए । ‘प्रमुख पार्टीको परराष्ट्र नीति के हो ?, आर्थिक नीति के हो ?, विकासम्बन्धी नीति के हो ?,’ उनले भने, ‘उहाँहरुको सरकारको प्रवक्ताले बोल्छ बाटो खोल्यो भने वातावरण बिग्रन्छ, कमेन्ट केही छ ? त्यही सही हो कि हैन ?’

    ओलीअघि बोल्ने कांग्रेस नेता रामशरण महतले ०१६ सालमा बीपी कोइरालाले लिएको राष्ट्रियतासम्बन्धी अडानको स्मरण गरेका थिए ।

    ओलीले रामशरणलाई सोधे, ‘कांग्रेससँग बीपी कोइरालाको नाम छ, के कांग्रेसको नीति पनि छ ?’ मञ्चमा रहेका महतले भने, ‘झन् बलियो छ ।’ ओलीले बीट मारे, ‘हेरौं, व्यवहारमा देखियोस्, नेपाली जनताले जवाफ चाहेका छन् ।’

    नेपालको भूराजनीति यथार्थ रहेको बताउँदै उनले त्यसप्रति हिनताबोधन गर्न आवश्यक नभएको बताए ।

    अघिल्लो सरकारकाले आवेसश,उत्तजेना र आक्रोशमा कुनै पनि विदेश नीति निर्धारण नगरेको उनको भनाइ थियो । ‘नेपालका निम्ति सोचेर नै कदम चालेको थियौं, त्यो सामान्ती राष्ट्रवाद होइन, नेपाली राष्ट्रवाद, जनराष्ट्रवाद हो, सोची, सम्झी विचारी गरिएको राष्ट्रवाद थियो,’ उनले भने ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij