शनिबार, कार्तिक १५, २०८३ | Saturday 31st October 2026

बाजुराको गौमुख गाउँपालिकाले जडीबुटी संकलनमा प्रतिबन्ध लगाउने

  • प्रकाशित मिति : बुधबार, फाल्गुन ९, २०७४



  • बाजुराको गौमुख गाउँपालिकाले जडीबुटी संकलनमा प्रतिबन्ध लगाउने

    बाजुरा, फागुन ९ । बाजुराको गौमुल गाउँपालिकाले जडीबुटी संकलनमा प्रतिबन्ध लगाउने भएको छ ।

    गाउँपालिकाको दोस्रो गाउँसभाबाट प्रतिबन्ध गर्ने निर्णय गरेको गौमुल गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत डम्बरबहादुर थापाले बताए । उनले गाउँपालिकामा हुने विभिन्न खालका जडीबुटी अवैधरुपमा संकलन भएपछि दोस्रो गाउँसभाबाट तीन वर्षसम्मका लागि जडीबुटी संकलनमा रोक लगाइने थापाले बताए ।

    पहिलो गाउँसभाबाट गरिएका विनियोजित बजेट तथा योजना कार्यान्वयन गर्नेसमेत पारित गरिएको अधिकृत थापाले बताए । गाउँपालिकाले गाउँ कार्यपालिकाले पास गरेका निर्णय अनुमोदन गरेको छ ।

    सभाले चालू आर्थिक वर्ष २०७४/७५ र आगामी आव २०७५/७६ को बजेट पारित गरेको गाउँपालिका अध्यक्ष हरिबहादुर रोकायाले पत्रकार सम्मेलनमार्फत जानकारी गराए ।

    उनले सम्मेलनमा गाउँ कार्यपालिकाले पास गरेका विभिन्न ऐन, नियमावली कार्यविधि अनुमोदन, गाउँपालिकामा वित्तीय सेवाको नाममा सेवा दिइरहेका वित्तीय संस्था र बैंकलाई प्रतिबन्ध गर्ने, मदिरा व्यवसायलाई व्यवस्थित पार्ने, घुम्ती व्यापारीलाई प्रतिबन्ध लगाउने, न्यायिक समिति गठन गर्ने, सरकारी बाँझो जग्गा गाउँपालिकाले उपयोग गर्नेलगायतका १४ वटा निर्णय सर्वसहमतिका आधारमा पारित गरिएको छ ।

    गाउँपालिका उपाध्यक्ष सीता थापाले गाउँपालिकालाई आत्मनिर्भर र समृद्धि बनाउका लागि सबैको सहयोग आवश्यक हुने बताइन् ।

    यसैगरी दोस्रो गाउँसभाबाट शिक्षा ऐन, प्रमाणीकरण कार्यविधि नियमावली, एफएम रेडियो सञ्चालन कार्यविधि कानून, बजार अनुगमन निर्देशिका, कृषि व्यवसाय प्रवर्द्धन ऐन, युवा स्वरोजगार तथा साना व्यवसायी धुम्ती कोष निर्देशिका, आर्थिक कार्यविधि व्यवस्थित गर्न बनेको कानून, छात्रवृत्ति वितरण तथा परिचालन निर्देशिका, सहकारी ऐन स्थानीय न्यायिक समितिको कार्यसम्पादन नियमावली, स्थानीय सेवा करार ऐन, २०७४ गरी ११ वटा ऐन पारित गरिएको गाउँपालिका अध्यक्ष रोकायाले जानकारी दिए ।

    रोकायाका अनुसार गाउँपालिका उपाध्यक्ष सीता थापाको संयोजकत्वमा तीन सदस्यीय न्यायिक समिति गठन गरिएको छ । समितिमा बलबहादुर रोकाया र कलकबहादुर सिंह सदस्य रहेको अध्यक्षको भनाइ छ । (रासस)

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij