शनिबार, कार्तिक १५, २०८३ | Saturday 31st October 2026

भैरवसँग खड्ग साट्दै पूर्वराजा ज्ञानेन्द्र

  • प्रकाशित मिति : सोमवार, अशोज १०, २०७३



  • काठमाडौं   ।   सरकारले संस्कृति र परम्परालाई वास्ता नगरेको भन्दै पचली भैरवको जात्राको दर्शन र पूजाआजा गर्न तथा खड्ग साट्न यस वर्ष आयोजकहरुले पूर्वराजा ज्ञानेन्द्र शाहलाई निमन्त्रणा गरेका छन् ।

    पचली भैरवको नयाँ घ्याम्पो फेरेको वर्ष राष्ट्रध्यक्ष गएर पूजाआजा र दर्शन गर्ने परम्परा छ । असोज १६ गते यस अवसरमा पूर्वराजा ज्ञानेन्द्र जाने भएका छन् ।

    मल्ल राजा गुणकामदेवको पालदेखि सुरु भएको पचली भैरव जात्रामा राजा त्रिभुवन वर्षेनि जान्थे भने राजा वीरेन्द्र दर्शन र पूजाआजाका लागि जाने गरेका थिए ।

    २०५८ सालमा राजा भएपछि राष्ट्रध्यक्षको हैसियतमा पचली भैरवको पूजा गरेका ज्ञानेन्द्र त्यसको १५ वर्षपछि फेरि जात्रामा सहभागी हुन असोज १६ गते भीमसेनस्थान पुग्दैछन् ।

    २०५८ सालमा फेरिएको घ्याम्पो जीर्ण भएपछि यस वर्ष पचली भैरवको घ्याम्पो फेरिएको हो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij