प्रकाशित मिति : बुधबार, साउन १९, २०७३
काठमाडौ–व्यवस्थापिका संसदमा नयाँ प्रधामन्त्री चयन भएको दिन नेपालको सेयर बजार भने करिव १३ अंकले घटेको छ । तीन दिनदेखि लगातार गिरावट आइरहेको बजारमा आजपनि १२।७५ अंकको गिरावट देखिएको हो ।
नयाँ राजनीतिक सहकार्यको विकाससँगै गत साता निरन्तर वृद्धि भएको बजार पुन यो साता घट्नेक्रम जारी रहेको हो । नेपाली काँग्रेस सहित मधेशी दलको समर्थनमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री हुने निश्चित भएको छ । तर, सरकारको समिकरण कसरी हुन्छ भन्ने अन्योलता र त्यसले गर्ने आर्थिक निर्णयको असरकै कारण यसरी बजार घटेको हो ।
एक सय ३७ कम्पनीका २४ लाख ८३ हजार ९ सय ४६ लाख कित्ता सेयर खरिदविक्रि भएको वुधवार एक अर्ब २७ करोड ९२ लाख ६३ हजार ६ सय १४ रुपैयाँको सेयर कारोवार भएको छ । वुधवार १ हजार ८ सय १३।७२ अंकमा ओर्लिएर अडिएको छ ।
बैंकिङ समूहको सूचक १३।४८ अंकले घटेको छ भने होटल समूह १०।८९, बिकास बैंक ११।०१, जलविद्युत १७।५८ अंकले घटेको छ । फाइनान्स समूह १०।५५, बीमा समूह ३३।८२, उत्पादन समूह ४१।४ र अन्य समूह ३।७६ अंकले घटेको छ ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij