प्रकाशित मिति : सोमवार, अशोज १०, २०७३
बैतडी । अपि हाइड्रो पावर दार्चुलामा कार्यरत एक मजदुरको भिरबाट लडेर आइतबार ज्यान गएको छ ।
ज्यान जानेमा झापाको हल्दुबारी–७ का ५० वर्षीय धनबहादुर मगराती रहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक रणबहादुर चन्दले जानकारी दिए ।
दार्चुलामा रहेको अपि हाइड्रो पावरमा विद्युत्को लाइन तान्ने कामदारको भान्सेका रुपमा कार्यरत रहेका मगरातीको दार्चुलाको धुलीगडा–४ सुकेखोला भिरबाट लडेर ज्यान गएको प्रहरीले बताएको छ ।
मगरातीको अपि हाइड्रो पावरको ड्याम अगाडि सुकेखोला भिरबाट लडेर करिब ७० मिटर तल खसेर घटनास्थलमै ज्यान गएको हो । मगराती चार दिन अगाडि असोज ६ गते मात्र अपि हाइड्रो पावरमा काम गर्नका लागि दार्चुला आएका जिल्ला प्रहरी कार्यालयले जनाएको छ । शव परीक्षणका लागि गोकुलेश्वर अस्पतालमा राखिएको छ ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij