शनिबार, कार्तिक १५, २०८३ | Saturday 31st October 2026

पुनःसंरचनाको विरोधमा लमजुङमा आन्दोलन

  • प्रकाशित मिति : सोमवार, अशोज १०, २०७३



  • लमजुङ   ।  स्थानीय तह पुनःसंरचनाको विरोध गर्दै आन्दोलन सुरु भएको छ । पुनःसंरचना प्राविधिक समितिले आयोगमा पठाएको प्रस्तावमा असन्तुष्टि जनाउँदै स्थानीयवासी आन्दोलनमा उत्रिएका हुन् ।

    राइनास नगरपालिकाका नागरिकले आइतबार सदरमुकाम बेसीसहरमा प्रदर्शनसमेत गरेका छन् । नगरपालिकालाई गाउँपालिकामा घटुवा गरिएको भन्दै उनीहरुले सदरमुकाममा विरोध ¥याली निकालेका थिए ।

    नगरपालिकालाई गाउँपालिका बनाएर विकासको गति रोक्ने षडयन्त्र भएको उनीहरुको आरोप छ । जिल्लाबाट पठाइएको तीनवटै प्रस्तावमध्ये राइनासलाई एउटामा पनि नगरपालिका नराखिएकाले आन्दोलन गर्नु परेको स्थानीयवासीले बताए । राइनास सेवा समाजको सक्रियतामा आन्दोलन सुरु भएको हो ।

    आन्दोलित स्थानीयवासीले जिल्लास्थित नेपाली काँग्रेस, नेकपा ९एमाले०, माओवादी केन्द्रमासमेत ज्ञापनपत्र बुझाएका छन् । उनीहरुले आफूहरुको मागलाई बेवास्ता गरेमा आन्दोलन थप चर्काउने चेतावनी दिएका छन् । यता पूर्वीभेगका विचौर, इलिमपोखरी र दूधपोखरीका वासिन्दाले पनि गाउँपालिकाको केन्द्र एक दिनको बाटो टाढा गरेको भन्दै असन्तुष्टी जनाएका छन् ।

    यसैगरी जिल्लाको उत्तरी भागमा पर्ने प्रस्तावित मस्र्याङ्दी गाउँपालिकाका स्थानीयवासी पनि आन्दोलनको तयारीमा छन् । उक्त गाउँपालिकामा साबिकको घनपोखरा टुक्राएको र केन्द्र खुदी नपारिएको भन्दै विरोध गरेका छन् ।

    प्राविधिक समितिको प्रस्ताव सार्वजनिक भएलगत्तै सङ्गठित भई उनीहरुले राज्य पुनः संरचना आयोग र स्थानीय विकास मन्त्रालयमा पुगेर ध्यानाकर्षण गराएका छन् । आफ्नो मागको सुनुवाइ नभए विरोधस्वरुप अनशन बस्ने, जिल्लाका पार्टी कार्यालयमा तालाबन्दी गर्ने जस्ता चेतावनी दिएका छन् ।

    त्यस्तै पश्चिम लमजुङका बासिन्दाले पनि प्राविधिक समितिको प्रस्तावलाई स्वीकार गरेका छै्रनन् । भोजे, पसगाउँ र गिलुङका बासिन्दाले अपायक स्थानमा केन्द्र निर्धारण गरेको भन्दै पुनः विचार गर्न माग गरेका छन् । माग पूरा नभए आन्दोलनका कार्यक्रम सार्वजनिक गरी विरोध गर्ने चेतावनी दिएका छन् ।

    त्यसैगरी साबिकको चिती गाविसलाई पनि टुक्राएको भन्दै त्यहाँका बासिन्दा आन्दोलित भएका छन् । चितीको अधिकांश भाग बेसीसहर नगरपालिकामा गाभिएको छ भने दुई गाउँलाई नौथरमा गाभिएको छ । उनीहरुले पूरै गाविस बेसीसहरमा मिलाउनुपर्ने वा चितीमा केन्द्र कायम गरी नौथरमा मिलाउनुपर्ने माग गरेका छन् । उनीहरुले प्रस्तावको विरोध गर्दै आन्दोलन गर्ने र सदरमुकाम बेसीसहरमा नाकाबन्दी गर्ने पनि चेतावनी दिएका छन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij