आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

फेरि विद्या भण्डारी नै राष्ट्रपति

  • प्रकाशित मिति : शुक्रबार, फाल्गुन १८, २०७४



  • वाम गठबन्धनले राष्ट्रपतिमा विद्यादेवी भण्डारीलाई नै दोहोर्‍याउने भएको छ। निर्वाचन आयोगले राष्ट्रपति निर्वाचनको कार्यतालिका सार्वजनिक गरेसँगै गठबन्धनले वर्तमान राष्ट्रपति भण्डारीलाई नै राष्ट्रपतिको उम्मेदवार बनाउने तयारी गरेको समाचार नरेन्द्र साउदले आजको अन्नपुर्ण पोस्ट दैनिकमा लेखेका छन।

    फागुन २९ मा राष्ट्रपति निर्वाचन हुने कार्यक्रम छ।

    संघीय संसद् र प्रदेश संसद्का सांसदहरू राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनका मतदाता भएकाले गठबन्धनसँग स्पष्ट बहुमत छ। गठबन्धनका एमाले र माओवादी केन्द्रबीच राष्ट्रपति एमाले र उपराष्ट्रपति माओवादी केन्द्रले नै लिने अनौपचारिक सहमति भइसकेको बताइएको छ।

    एमाले वरिष्ठ नेता झलनाथ खनाल र माओवादी केन्द्रका नेता अमिक शेरचनले राष्ट्रपतिका लागि इच्छा देखाए पनि बहालवाला राष्ट्रपति र उपराष्ट्रपतिलाई नै दोहोर्‍याउने निश्चितप्राय रहेको एमालेका एक वरिष्ठ नेताले जानकारी दिए।

    २३ गते राष्ट्रपतिको मनोनयन भएकाले २२ गते स्थायी समितिको बैठक बस्ने एमालेका ती नेताले दाबी गरे।
    ‘हाम्रो पार्टीको आगामी स्थायी समिति बैठकले सर्वसम्मत रूपमा राष्ट्रपतिमा भण्डारीलाई नै दोहोर्‍याउने निर्णय गर्दै छ’, एमालेका ती नेताले भने, ‘राष्ट्रपतिका लागि कुनै विवाद छैन।’

    वरिष्ठ नेता खनाललाई राष्ट्रपतिको उम्मेदवार बनाउने पक्षमा पार्टी अध्यक्ष केपी ओली, वरिष्ठ नेता माधव नेपाललगायत नेता नरहेको दाबी स्रोतको छ।

    प्रतिनिधिसभामा इलामबाट विजयी खनालले राष्ट्रपतिमा सुरुदेखि नै इच्छा देखाउँदै आएका छन्। विगतमा पनि खनालले राष्ट्रपति पदका लागि इच्छा राखे पनि एमालेले भण्डारीलाई राष्ट्रपतिको उम्मेदवार बनाएको थियो। राष्ट्रपति पदको उम्मेदवारको प्रस्तावक वा समर्थकमध्ये एक वरिष्ठ नेता खनाल हुने पनि ती नेताले दाबी गरेका छन्।

    माओवादी केन्द्रका नेता शेरचनले पनि राष्ट्रपतिमा दाबी गरे पनि एमाले अध्यक्ष ओलीले भण्डारीलाई नै दोहोर्‍याउने संकेत दिएपछि शेरचनले उपराष्ट्रपतिमा इच्छा व्यक्त गरेका छन्। तर, माओवादी केन्द्रले उपराष्ट्रपतिमा पनि बहालवाला नन्दबहादुर पुनलाई नै दोहोर्‍याउने तयारी गरेको माओवादी केन्द्रका एक नेताले जानकारी दिए।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij