शनिबार, कार्तिक १५, २०८३ | Saturday 31st October 2026

पुष्प व्यवसायमा सबैभन्दा बढी तामाङ सक्रिय, नेपालमा ५ सय ६१ पुष्प व्यवसायी

  • प्रकाशित मिति : सोमवार, अशोज १०, २०७३



  • काठमाडौं   । पुष्प व्यवसायमा संलग्नमध्ये सबैभन्दा धेरै तामाङ समुदायका भएको सरकारी तथ्यांकले देखाएको छ । केन्द्रीय तथ्यांक विभागले सोमबार सार्वजनिक गरेको व्यावसायिक पुष्पखेती सर्वेक्षणले पुष्प व्यवसायमा संलग्नमध्ये २८ प्रतिशत तामाङ रहेको देखाएको हो ।

    तामाङपछि क्षेत्री पुष्प व्यवसायमा संलग्न रहेको देखिएको छ । विभागले नेपालका विभिन्न ३६ जिल्लामा ५ सय ६१ पुष्प व्यवसायी रहेको र तीमध्ये २ सय ८३ वटा पुष्प व्यवसाय काठमाडौमा रहेको बताएको छ ।

    विभागले हिमाली तथा पहाडी जिल्लामा कम्तिमा ८ आना तथा तराईका जिल्लामा कम्तिमा १० धुर जग्गामा मौसमी, वहुवर्षे फूल तथा आलंकारिक बोटविरुवा उत्पादनलाई आधार मानेर सार्वजनिक गरेको यो तथ्यांक अनुसार नेपालमा १ सय ४७ दशमलव ४ हेक्टर जमिनमा पुष्प खेती हुने गरेको छ ।
    ४७ दशमलव ४ हेक्टर जमिनमा लुज फ्लावर, ४२ दशमलव ४ हेक्टरमा मौसमी÷वहुवर्षे र आलंकारिक फूल, ३७ दशमलव ४ हेक्टरमा कट् फ्लावर र ३ दशमलव १ हेक्टर क्षेत्रफलमा गार्डेन दुबोको खेती हुने गरेको छ ।

    तथ्यांक विभागका उपमहानिर्देशक सुमनराज अर्यालले एक वर्षमा ६७ करोड १४ लाख रुपैयाँको फूल उत्पादन भएको भन्दै नेपालमा पुष्प व्यवसायको सम्भावना राम्रो देखिएको बताए ।

    पुष्प व्यवसायमा २९ प्रतिशत महिला संचालक रहेको र तीमध्ये ७७ प्रतिशत लुज फ्लावर उत्पादनमा संलग्न रहेको विभागको सर्वेक्षणमा उल्लेख छ । आफ्नो जग्गामा भन्दा अरुको जग्गा भाडामा लिएर पुष्प खेती हुने गरेको पनि विभागको सर्वेक्षणले देखाएको छ ।

    यस्तै पुष्प व्यवसाय संलग्नमध्ये २६ प्रतिशतले सहकारी र बैंक तथा वित्तीय संस्थाको ऋण लिएको देखिएको छ । बीउ विरुवा खरिद् र टनेल निर्माणका लागि सहकारीबाट ऋण लिनेको संख्या ३६ प्रतिशत छ ।

    व्यवसायीहरुमध्ये २५ प्रतिशतले बीउ विरुवा आफैं विदेशबाट आयात गर्ने गरेको सर्वेक्षणमा उल्लेख छ । सर्वेक्षणका अनुसार ५८ प्रतिशत पुष्प व्यवसायी तालिम प्राप्त हुन् भने ६९ प्रतिशत व्यवसायी नेपालमा फूलको बजार राम्रो रहेको भन्दै व्यवसाय प्रबद्र्धन गर्ने पक्षमा देखिएका छन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij