शनिबार, कार्तिक २२, २०८३ | Saturday 7th November 2026

माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड प्रधानमन्त्री पदमा निर्वाचित

  • प्रकाशित मिति : बुधबार, साउन १९, २०७३



  • काठमाडौं, साउन १९ । माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड प्रधानमन्त्री पदमा निर्वाचित भएका छन् । प्रधानमन्त्री पदमा एक्ला उम्मेदवार रहेका प्रचण्डलाई बिभिन्न दलका ३६३ सांसदले समर्थन गरेका छन् ।

    व्यवस्थापिका संसदको कार्यतालिका अनुसार बुधबार भएको प्रधानमन्त्री पदको निर्वाचनमा प्रचण्ड बहुमत मत प्राप्त गर्दै प्रधानमन्त्रीमा निर्वाचित भएका हुन । विपक्षमा २१० मत परेको थियो । प्रचण्डले साउन १८ गते व्यबस्थापिका संसदमा बहुमतिय प्रक्रियामा प्रधानमन्त्री बन्न उम्मेदवारी दर्ता गराएका थिए । प्रचण्डलाई प्रधानममन्त्री बनाइयोस भन्ने प्रस्तावमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सम्बोधन गरेपछि निर्वाचन प्रक्रिया सुरु भएको थियो ।

    नेपालका ३९ औं प्रधानमन्त्री प्रचण्डको जीवनी यस्तो छ
    माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड वि।सं। २०११ मंसिर २६ गते कास्की जिल्लाको ढिकुरपोखरी गाविस वडा नं। २ लेवाडेमा जन्मिएका हुन् । प्रचण्ड जेठा छोरा हुन् । पिता मुक्तिराम र माता भवानीको कोखबाट जन्मिएका उनले प्रारम्भिक शिक्षा कास्कीको ढिकुर पोखरीमा लिएका हुन् । प्रचण्डले २०२६ सालमा चितवनको नारायणी विद्यामन्दिर मा।वि। शिवनगरबाट एस।एल।सी। उत्तीर्ण गरेका हुन् । उनले २०२७–२०२९ पाटन बहुमुखी क्याम्पसबाट आईएससी पूरागरी २०३१–२०३३ सालमा रामपुर कृषि क्याम्पसबाट कृषिमा बि।एस्सी गर्नु भई एम।पी।ए।सम्मको अध्ययन गरेका छन् ।

    कक्षा १० मा अध्ययनरत हुँदा छविलाल दाहाल नाम परिवर्तन गरी पुष्पकमल दाहाल नामाकरण गरेका उनले वि।सं। २०३८ देखि २०६३ सम्म २५ वर्ष भूमिगत अवस्थामा रहँदा कल्याण, विश्वास, निर्माण र प्रचण्ड नाम राखेका थिए । हाल उनी पुष्पकमल भन्दा ‘प्रचण्ड’ भनेमा खुशी हुने बताउँछन् । वि।सं। २०१९ मा पोखराको ढिकुरपोखरी–२ बाट चितवन भरतपुरको शिवनगर गा।वि।स।मा बसाइ सराइ गरेका प्रचण्डले वि।सं। २०२६ बैशाखमा सीता पौडेलसँग विवाह गरेका हुन् । उनका तीन छोरी र एक छोरा छन् । प्रचण्डले २०२९ देखि २०३५ साल सम्म नारायणी विद्या मन्दिर मावि, शिवनगडण्डा मावि नवलपरासी र भीमोदय मावि, आरुघाट, गोरखामा पढाएका पनि थिए । उनले विसं।२०३२ सालमा यु।एस।एड।मा पनि काम गरेका थिए ।

    राजनीतिक क्रियाशीलता

    वि।सं। २०२८ मा नेकपाको पुष्पलाल समूहमा पार्टीको सदस्यता बाट आफ्नो राजनैतिक जीवन सुरु गरेका प्रचण्डले बादल, मित्र दवाडी, खेम भण्डारी र पुष्प भुर्तेलससँग मिलेर २०३१ सालमा मार्क्सवादी अध्ययन समूह गठन गरेका थिए । प्रचण्ड २०३४ सालमा चौथो महाधिवेशनमा प्रवेश गरी २०३५ सालमा पूर्णकालिन कार्यकर्ता र २०३६ सालमा चितवन जिल्ला समिति सदस्यमा निर्वाचित भएका थिए । त्यसपछि उनी वि। सं। २०३८ मा क्षेत्रिय व्यूरो सदस्य एवं अखिल नेपाल युवक संघको केन्द्रीय समितिको महासचिव भई २०४० मा संघको केन्द्रीय अध्यक्षमा निर्वाचित भएका थिए ।

    विसं २०४१ मा नेकपा मशालको पाँचौ महाधिवेशनबाट केन्द्रीय सदस्य बनेका प्रचण्ड २०४२ मा पोलिटब्युरो सदस्य, २०४६ मा महामन्त्री र २०४८ सालमा नेकपा एकताकेन्द्रको महामन्त्री बने । वि।सं। २०५१ सालमा तत्कालीन नेकपा–एकता केन्द्रको प्रथम राष्ट्रिय सम्मेलन पछि बसेको तेस्रो विस्तारित बैठकबाट पार्टीको नाम परिवर्तन गरेर नेकपा ९माओवादी० राखेर प्रचण्ड महामन्त्री बन । त्यसपछि २०५२ साल फागुन १ देखि उनकै नेतृत्वको माओवादीले जनयुद्ध गर्यो । जनयुद्धकै क्रममा २०५७ सालमा भएको दोस्रो राष्ट्रिय सम्मेलनबाट प्रचण्ड नेकपा माओवादीको अध्यक्ष बने । वि।सं। २०५८मा निर्माण भएको जनमुक्ति सेना नेपालको सर्वोच्च कमान्डर बनेका थिए ।

    प्रचण्ड २०६३ साल असार २ गते बालुवाटारमा पत्रकार सम्मेलन गरी २५ वर्षे भूमिगत जीवनबाट सार्वजनिक भएका हुन् । प्रचण्ड २०६५ साल साउन ३१ गते गणतन्त्र नेपालको प्रथम प्रधानमन्त्रीमा निवाचित भए । २०६९ सालमा वृहत्तर लुम्बिनी विकास निर्देशक समितिको अध्यक्ष बनेका प्रचण्ड २०६९ सालमा हेटौंडामा सम्पन्न राष्ट्रिय सम्मेलनबाट पुनस् अध्यक्ष बनेका थिए ।

    २०७० सालमा विराटनगरमा सम्पन्न एकताको महाधिवेशनबाट पुनःअध्यक्ष पदमा निर्वाचित भएका प्रचण्डका नेपाली क्रान्तिका समस्या ९भाग १, २ र ३०, सांस्कृति, कला र सौन्र्दर्य चिन्तन, प्रचण्डका छानिएका रचनाहरु खण्ड १ र २ तथा प्रचण्डका छानिएका सैन्य रचनाहरु लगायतका पुस्तक प्रकाशित छन् ।

    उनी २०६४ सालमा सम्पन्न संविधानसभा निर्वाचनमा काठमाडौ–१० र रोल्पा–२ बाट निर्वाचित भएका थिए । प्रचण्ड २०७० मंसीरमा सम्पन्न दोस्रो संविधानसभाको निर्वाचनमा सिराहा ५ बाट संविधानसभा सदस्य भएका थिए ।

    दोश्रो संविधानसभा तेश्रो ठूलो दलका रुपमा माओवादीको उपस्थिति रहेपछि प्रचण्ड विपक्षी दलको नेता बने । संविधान निर्माणका कतिपय मुद्दामा सत्तारुढ नेपाली कांग्रेस र एमालेसँग गम्भीर असहमति भएपछि ३० दलीय मोर्चाको नेतृत्व गरे प्रचण्डले ।

    यसैक्रममा संविधानमा सहमति जुटाउने उद्देश्यले प्रचण्डले ३० दलीय मोर्चाले घोषणा गरेको आन्दोलनलाई छोडेर १६ बुँदे सहमति गराउन सफल भए । तत्कालिन प्रधानमन्त्री सुशिल कोइरालासँगको सहकार्यमा प्रचण्डले संविधानका अन्तर्वस्तुमा सबै दलहरुलाई सहमतिमा ल्याएर १६ बुँदे सहमति गराएका थिए ।

    १६ बुँदे सहमति नै संविधान निर्माणका लागि कोशे ढुंगा बन्यो ।

    यही १६ बुँदेको जगमा संविधान निर्माण भएपछि सहमतीय सरकारको पहलमा लागेका प्रचण्ड नेपाली कांग्रेस सरकारमा आउन नमानेपछि एमालेसँग सरकार गठन गर्न पुगेका थिए । ओली नेतृत्वको सरकारको बेला उच्चस्तरीय राजनीतिक संयन्त्रका संयोजकको जिम्मेवारी गरेका प्रचण्डले एमालेले संविधान कार्यान्वयन र संक्रमणकालको अन्त्यमा गम्भीरता नदेखाएको भन्दै समर्थन फिर्ता लिने निर्णय गरे । यो सँगै नेपाली कांग्रेसको समर्थनमा उनी दोश्रोपटक प्रधानमन्त्री बने ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij