शनिबार, कार्तिक १५, २०८३ | Saturday 31st October 2026

सर्वोच्चलाई सरकारको दोस्रो जवाफ-‘नियुक्ति फाइल लोकसेवामा’

  • प्रकाशित मिति : मङ्लबार, अशोज ११, २०७३



  • काठमाडौं  ।   सामान्य प्रशासन मन्त्रालयले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीको नियुक्तसम्वन्धी फाइल आफूसँग नभई लोकसेवा आयोगमा रहेको जवाफ दिएको छ ।

    अदालतको आदेश अनुसार मन्त्रालयले सोमबार दोस्रोपटक जवाफ पठाउँदै सम्पूर्ण फाइलको प्रति आफूसँग नहरेको र राय माग्न लोकसेवा आयोगमा पठाएको जानकारी गराएको हो ।

    यसअघि तथ्यांक विवरण राख्ने कार्य व्यवस्थित नभएकाले फेला पार्न नसकेको र फेला पर्नासाथ बुझाउने जवाफ दिएको थियो ।

    सामान्यको जवाफ आएको र केही फाइल लोकसेवासँग रहेको पत्रमा उल्लेख भएको सर्वोच्चका प्रवक्ता नकुल सुवेदीले बताए ।

    भूकम्पमा हराएको भनिएको विवादस्पद फाइल दोस्रो आदेशपछि प्रधानमन्त्री कार्यालयले शिलवन्दी रुपमा अदालतमा पेश गरेको दुईदिन पछि सामान्यको दोस्रो जवाफ अदालत पुगेको हो ।

    कार्कीलाई कारवाही गर्ने वा नगर्ने विषयमा २०६२/०६३को जनआन्दोलन पछि सामान्यले लोकसेवाको राय माग गर्दै पत्र लेखेको भएपनि सम्पूर्ण फाइल पठाएको थिएन ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij