शनिबार, कार्तिक १५, २०८३ | Saturday 31st October 2026

क्षेत्रीय सभापति देवकोटाको निधन

  • प्रकाशित मिति : मङ्लबार, अशोज ११, २०७३



  • दाङ   ।   नेपाली काँगे्रस दाङ क्षेत्र नम्बर ५ का सभापति वसन्त देवकोटाको ४८ बर्षको उमेरमा निधन भएको छ । देवकोटाको काठमाडौँस्थित नर्भिक अस्पतालमा उपचारका क्रममा सोमबार निधन भएको हो ।

    रगत, फोक्सोलगायतमा समस्या देखिएपछि भदौ ३० गते नर्भिक अस्पताल, काठमाडौँमा भर्ना भएका देवकोटाको उपचारकै क्रममा निधन भएको उपचारमा संलग्न डाक्टर बजेन्द्र श्रीवास्तवले जानकारी दिए ।

    विसं २०२५ सालमा श्रीगाउँ–६ बुटनीयामा बुबा स्व टोपेन्द्रप्रसाद उपाध्याय र आमा निलाकुमारी उपाध्यायको कोखबाट जन्मनुभएका देवकोटा वीरेन्द्र मावि श्रीगाउँमा विद्यालय र स्नातक तहको अध्ययन महेन्द्र बहुमुखी क्याम्पस तुल्सीपुरमा गरेका थिए । पार्टीमा क्रियाशीलता सँगसँगै उनी क्षेत्रीय सचिव र दुई पटक क्षेत्रीय सभापति समेत भएका थिए ।

    स्व देवकोटाका श्रीमती, तीन छोरा र एक छोरी छन् । देवकोटाको निधनले काँग्रेसलाई ठूलो क्षति पुगेको काँग्रेस जिल्ला सभापति कीर्तिबहादुर खड्काले बताए ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij