प्रकाशित मिति : मङ्लबार, अशोज ११, २०७३
काठमाडौँ । प्रहरी प्रधान कार्यालयले प्रहरी सहायक निरीक्षक (जनपद) खुल्लातर्फ आह्वान गरेको दरखास्त समय थप गरेको छ ।
खुल्ला प्रतियोगिताद्वारा समावेशी प्रावधान अनुसार पदपूर्ति गर्न २०७३ साउन ३० गते प्रकाशित विज्ञापनमा २०७३ भदौ १२ गतेदेखि असोज १० गतेसम्म दरखास्त आव्हान गरिएको थियो ।
फारम भर्नका लागि सो समय ११ दिन थप गरिएको प्रहरी प्रधान कार्यालय मानवश्रोत विकास तथा भर्ना छनौट शाखाले जनाएको छ । भर्ना छनौट शाखाका अनुसार परिक्षार्थीहरुले असोज २१ गतेसम्म फारम भर्न सक्नेछन् ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij