शनिबार, कार्तिक १५, २०८३ | Saturday 31st October 2026

उरी हुँदै भारत–पाक भीडन्त पुग्यो राष्ट्र संघमा

  • प्रकाशित मिति : मङ्लबार, अशोज ११, २०७३



  • काठमाडौं । संयुक्त राष्ट्र संघमा पाकिस्तानी प्रतिनीधि मलीहा लोधीले भारतीय विदेश मन्त्री सुष्म स्वराजको संयुक्त राष्ट्रसभामा दिएको भाषणलाई झुठ र आधारहीन आरोपको पुलिन्दा’ भएको बताएकी छिन् ।

    भारतीय विदेश मन्त्री स्वराजको भाषणपछि लोधीले भनिन्, ‘सवै भन्दा ठूलो झुठो यो हो कि कश्मीर भारतको अविभाज्य हिस्सा हो ।’

    मलीहा लोधीको भनाईकोको जवाफ दिँदै संयुक्त राष्ट्र संघमा भारतका प्रतिनीधि इनम गंभीरले भनेका छन्, ‘कश्मीर भारतका अभिन्न हिस्सा हो, र सधै रहनेछ ।’

    मलीहाले ट्वीटरमा लेखेकी छिन्, ‘बलूचिस्तानको झुठो मुद्दा उठाउनु ठीक होइन, यो आन्तरिक मुद्दा हो, संयुक्त राष्ट्रको चार्टर सिद्धान्त र अन्तराष्ट्रिय निमयको खुला उल्लंघन हो ।’

    उनले यो पनि भनेकी छिन् कि भारीय विदेश मन्त्रीको यो दावी पनि सही छैन कि उनको देशले कुराकानीका लागि पाकिस्तानसँग कुनै सर्त राखेको छैन ।

    भारतीय प्रतिनीधि इनमले मलीहा लोधीलाई सम्बोधन गर्दै यो प्रश्न उठाएका छन् कि, के पाकिस्तानका प्रतिनीधि यो कुराको पुष्टी गर्छन कि, पाकिस्तान आतंकवादलाई राष्ट्रिको नीतिका रुपमा किन प्रयोग गर्छ ?’

    भारतीय प्रतिनीधिले पाकिस्तानका रादूतसँग यो प्रश्न पनि उठाएका छन् कि, पाकिस्तानको सैन्य अभियान हुँदाहुँदै पनि अहिलेसम्म पाकिस्तानमा किन आतंकवादलाई छाडिएको छ ।’

    राष्ट्र संघको सभामा सम्बोधन गर्दै पाकिस्तानी विदेश मन्त्री स्वराजले सीसाको घरमा बसेर अर्काको घरमा ढुंगा नफ्याक्न पाकिस्तनालाई चेतानी दिएकी थिइन । उनले पाकिस्तानको बलूचिस्तानमा मानव अधिकारको उल्लंघन भैरहेको पनि दावी गरेकी थिइन ।

    त्यस अघि राष्ट्र संघ सभामा सम्धोन गर्दै पाकिस्तानी प्रधानमन्त्री नवाज शरीपले भारत प्रशासित कश्मीरमा आतंकवादका भारतले गंभीर मानव अधिकार उल्लंघन गरेको आरोप लगाएका थिए ।

    भारत प्रशासित उरीमा चरमपन्थी हमलमा १८ भारतीय सैनिक मारिएपछि भारत र पाकिस्तानवीच तनाव बढेको छ । एकले अर्कालाई यो घटनामा आरोप लगाएका छन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij