आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

भारतले बनाउँदै गरेको बाँधका कारण नेपालनका १० भन्दा बढी गाउँ डुबानमा पर्ने

  • प्रकाशित मिति : शनिबार, चैत्र १०, २०७४



  • नवलपरासी, चैत १० । भारतले नारायणी नदीमा बनाउँदै गरेको बाँधका कारण पश्चिम नवलपरासीको सुस्ता गाउँपालिकाका १० भन्दा बढी गाउँ डुबानको जोखिममा परेका छन् ।

    नवलपरासी, चैत १० । भारतले नारायणी नदीमा बनाउँदै गरेको बाँधका कारण पश्चिम नवलपरासीको सुस्ता गाउँपालिकाका १० भन्दा बढी गाउँ डुबानको जोखिममा परेका छन् ।

    एकतर्फी रुपमा भारतीय पक्षले नारायणी नदी छेउमा ठूलो बाँध बनाउँदा वर्षायाममा सुस्ता गाउँपालिकाका ६० हजार बढी जनसंख्या विस्थापित हुने खतरा बढेको हो ।

    निर्माण तत्काल रोक्न स्थानीयले नेपाल सरकारमार्फत् भारतको धयानाकर्षण गराएका छन् ।

    नेपालको सरकारी निकायले निर्माण रोक्न गरेको आग्रह भारतीयले बेवास्ता गर्दै निर्माण गरिरहेका छन् ।

    सुस्ता गाउँपालिकाअन्तर्गतको नर्सहीस्थित १२ नं. ठोकरको पारी पट्टी बाँध बनाइरहेका हुन् ।

    भारतले बिहार प्रदेशमा पर्ने बाल्मिकी नगरको तिलभठ्ठा जंगलको नारायणी किनारमा ३ सय मिटर थप बाँध निर्माण गरिरहेको हो ।

    ठूलो बाँध बनाउँदा नारायणी नदीको धार परिवर्तन भई नेपाली भूभाग डुबानमा पार्ने भएकाले स्थानीय त्रसित बनेका हुन् ।

    पाँच वर्षअघि गण्डक ब्यारेजदेखि ३ किलोमिटर बाँध बनाएको भारतले अहिले मर्मतका नाउँमा फेरि नयाँ बाँध बनाउन थालेको हो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij