शनिबार, कार्तिक १५, २०८३ | Saturday 31st October 2026

पोखरा आएका विदेशी पर्यटकको भव्य स्वागत

  • प्रकाशित मिति : मङ्लबार, अशोज ११, २०७३



  • ljZj ko{6g lbj;kf]v/f ljdfg:yndf #& cf}F ljZj ko{6g lbj;sf cj;/df ko{6ssf] :jfutdf cfof]lht ;f+:s[lts sfo{qmddf /dfpFb} ko{6s . tl:a/ M jf;'b]j kf}8]n, /f;;

    पोखरा । कास्कीमा ३७औँं विश्व पर्यटन दिवसका अवसरमा पोखरा विमानस्थलबाट पोखरा आएका पर्यटकलाई आज भव्य स्वागत गरिएको छ ।

    पोखरा पर्यटन परिषद्को संयोजनमा पोखरामा पर्यटन संवद्ध सङ्घ संस्थाले पर्यटकको स्वागत गरेका हुन् । बर्सेनि विश्व पर्यटन दिवसका अवसरमा पोखरा आउने पहिलो, दोस्रो र तेस्रो पर्यटकलाई विशेष उपहार दिने चलन अनुरुप कोरियाका नागरिक को यङ ही, किम योङ एन र काङ योङ एनलाई उपहार प्रदान गरिएको थियो ।

    विशेष बाजागाजासहित सांस्कृतिक प्रस्तुतीका साथ गरिएको स्वागत समारोहमा पोखरा पर्यटन परिषद्का अध्यक्ष सोमबहादुर थापा, उपाध्यक्ष चिरञ्जीवी पोखरेल, महासचिव रामु गौतम, रेस्टुरेट एन्ड बार एसोसिएसन (रेवान)पोखराका अध्यक्ष चौबहादुर गुरुङ, पर्यटन कार्यलयका प्रमुख डोलराज ढकाललगायतले पर्यटकको स्वागत गरेका थिए ।

    विश्व पर्यटन दिवसका अवसरमा काठमाडौँबाट पोखरा हवाई मार्ग एवम् स्थल मार्गबाट आउने पर्यटकलाई स्वागत गर्ने प्रचलन अनुरुप आज स्वागत कार्यक्रम आयोजना गरिएको पोखरा पर्यटन परिषद्का अध्यक्ष सोमबहादुर थापाले बताए ।

    विश्व पर्यटन दिवसकै अवसरमा आजै साँझ पोखराको लेकसाइडमा एक दिने सडक महोत्सव आयोजना गरिएको रेवान पोखराका अध्यक्ष चौबहादुर गुरुङले जानकारी दिए ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij