शनिबार, कार्तिक १५, २०८३ | Saturday 31st October 2026

धादिङ बस दुर्घटनास्थलबाट प्रत्यक्षदर्शीको बयानः पहिरो गएकै ठाउँबाट बस खस्यो

  • प्रकाशित मिति : मङ्लबार, अशोज ११, २०७३



  • उत्तरी धादिङको मार्पाकमा आज बा ३ ख ३३१८ बस दुर्घटना हुँदा १४ जनाको घटनास्थलमै ज्यान गयो । अरु ७ जना गम्भीर घाइते रहेका छन् । घटनास्थलमा अहिले सयौंको संख्यामा स्थानीयबासीको भीड लागेको छ । बस दुर्घटना भएको स्थलबाटै स्थानीयबासी लुमडी प्रसाद सिम्खडाले घटनाको बेलिबिस्तार यसरी लगाएः

    जिल्ला सदरमुकाम धादिङबेसीबाट किन्ताङफेदीसम्म बस र साना जीपहरु चल्ने गर्छन् । कच्ची र निकै अप्ठ्यारो बाटो भएकाले वर्षाको समयमा यो बाटो त्यति चालूमा रहँदैन ।

    दशैं नजिकिँदै गरेको अवस्थामा डोजर लगाएर बाटो सफा गरि एक साता अघि देखि मात्रै यहाँ बस चल्न थालेको हो ।

    आज बस खसेको ठाउँ लपाङ खोलामा हो । आँखु खोला पार गर्नेवित्तिकै सुरु हुने मार्पाक गाउँ विकास समितिको वडा नम्बर ५ मा पर्छ दुर्घटना स्थल ।

    बस खसेको ठाउँमा गएराती पहिरो गएको थियो भने सोहि पहिरोका कारण बाटो अबरुद्ध हुन पुगेको थियो । दशैंमा टाढाटाढाबाट घर फर्कनेहरुको चाप हुने भएकाले रातारात पहिरो हटाउन काम भयो ।

    तर, दुर्भाग्य, बस त्यही पहिरो पार गर्नै लाग्दा आज बिहान साढे ११ बजेतिर बस सडकबाट झण्डै ३ सय  मिटरजति तल खोलामा खस्न पुगेको छ । सायद पहिरो हटाइएपनि माटो राम्ररी बसेको रहेनछ । बसको पछाडीको पाङ्ग्रा रहेको ठाउँ भासिएर खसेको कुरा छ ।

    घटनास्थलमा अहिले रुवाबासी छ । गाउँलेको ठूलो भीड लागेको छ । प्रहरीले  १४ जनाको शब फेला पारेको छ भने घाइतेहरुलाई हेलिकप्टरमा राखेर काठमाडौंतर्फ लगिएको छ ।
    मैले सुनेअनुसार बसमा धेरैजसो सदरमुकाम धादिङबेसीमा दशैंको लागि आवश्यक सामग्रीको जोहो गर्न पुगेकाहरु घर फर्किएका थिए । कोहि पेन्सन बुझ्न पनि गएका थिए । मृतकहरु धेरै किन्ताङफेदी र सोहि आसपासका हुन् । दशैंको मुखमा गाउँमा यत्रो ठूलो दुर्घटना भयो गाउँ शोकमा डुबेको छ ।

    दुर्घटनामा परेको बस खोलामा बज्रिएर क्षतविक्षत भएको छ । यो बाटोमा त्यति धेरै बसहरु नचल्ने भएकाले निकै खचाखत यात्रु हुने गर्छन् । आज दुर्घटनामा भएको बसमा पनि भित्र र छतमा समेत टनाटन यात्रु रहेको सुन्नमा आएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij