शनिबार, कार्तिक १५, २०८३ | Saturday 31st October 2026

किसानलाई विशेष प्याकेज घोषणा हुँदै

  • प्रकाशित मिति : मङ्लबार, अशोज ११, २०७३



  • काठमाडौ  ।कृषि क्षेत्रलाई आत्मनिर्भर बनाउन कृषि मन्त्रालयले बिषेश प्याकेज घोषणा गर्ने भएको छ । चालु आर्थिक बर्ष ०७३/०७४ को बजेटका कार्यक्रमलाई प्रभावकारी बनाउदै मन्त्रालयले जिल्ला–जिल्लामा प्याकेजका लागि निर्देशन समेत दिएको जनाएको छ ।

    कृषि मन्त्री गौरीशंकर चौधरीले कृषि क्षेत्रलाई उत्पादनमुखी बनाउन सरकारले विशेष प्याकजेमै कार्यक्रम अघि सारेकोले संघीय प्रणाली अनुसार नै ७ प्रदेशमै पुर्याउने बताएका हुन् । अहिले मन्त्रालयमा रहेको २७ अर्ब बजेटवाट त्यो प्याकेज घोषणा हुने उनले बताए ।

    मंगलबार राजधानीमा भएको एक कार्यक्रममा मन्त्री चौधरीले धान, फलफुल, तरकारी, लगायत अन्य संभाव्यता भएका क्षेत्रमा बिशेष कार्यक्रम अघि सार्ने जनाएका हुन् ।

    सरकारले प्रधानमन्त्री कृषि आधुनिक कार्यक्रमलाई पनि अघि बढाउन लागिपरेको उनले बताए । काँस्कीमा तरकारी, जुम्लामा स्याउ, दाङ्मा मकै, बारामा माछा खेतिको सम्भावना रहेकोले सोही क्षेत्रमा सोही बमोजिम कार्यक्रमहरु अघि बढाउने सरकारको तयारी रहेको जनाए ।

    किसानलाई पेन्सन दिने तयारी समेत सरकारले गरिरहेको मन्त्री चौधरीले जनाए । किसानको वर्गिकरण गरेर त्यस्तो पेन्सन दिइने उनको भनाइ छ ।

    मन्त्रालयको अवधारणा अनुसार पाँच लाखसम्म आयआम्दानी गर्ने किसानलाई एउटा वर्गमा, पाँचदेखि १० लाखसम्म आम्दानी गर्नेलाई अर्को वर्गमा, १०–२५ लाखसम्म आम्दानी गर्नेलाई एउटा वर्गमा, २५ देखि ५० लाखसम्म एउटा वर्ग र त्यो भन्दापनि कारोवार गर्नेलाई उद्योगव्यवसायीको रुपमा वर्गिकरण गर्ने तयारी रहेको जनाइएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij