शनिबार, कार्तिक १५, २०८३ | Saturday 31st October 2026

तीन वर्षमा २३ गाडी त्रिशूलीमा खसे

  • प्रकाशित मिति : बुधबार, अशोज १२, २०७३



  • काठमाडौं  ।   पूर्वगृहमन्त्री माधवप्रसाद घिमिरे र उनका दुई भाइ आइतबारदेखि त्रिशूली नदीमा बेपत्ता भएका छन् । ७२ घन्टा पुग्दासम्म उनीहरूको केही पत्ता लागेको छैन । दुर्घटनामा परेर त्रिशूलीमा यात्रुहरू बेपत्ता हुने घटना यो नै पहिलो होइन । यस्तै दुर्घटना त्रिशूलीमा पटक–पटक हुने गरेका छन् ।

    प्रहरीको तथ्यांकअनुसार पछिल्लो तीन वर्षमा त्रिशूली नदीमा गाडी दुर्घटना हुँदा १७ जना बेपत्ता भएका छन् । प्रहरी प्रधान कार्यालयका अनुसार ०७३ मा मात्र नौवटा गाडी त्रिशूलीमा खसेका छन् । गत २४ भदौमा ना.३ख ६०१७ नम्बरको ट्रक पूर्वमन्त्री घिमिरे सवार जिप दुर्घटनास्थलबाटै खसेको थियो । चालक तथा सहचालकसहित ट्रकको हालसम्म अत्तोपत्तो छैन । तीन वर्षको तथ्यांकअनुसार त्रिशूलीमा खसेर ४८ जनाको मृत्यु भएको छ । ७२ जना घाइते भएका छन् । त्रिशूलीमा खसेका १७ जना अहिलेसम्म बेपत्ता छन् । ०७१ मा आठवटा र ०७२ मा पाँचवटा गाडी त्रिशूलीमा खसेका थिए ।

    गत ३१ साउनमा काभ्रेमा भएको सवारी दुर्घटनापछि देशभरि ट्राफिक नियम पालनामा कडाइ गरिएपछि पनि दुर्घटनामा कमी आएको छैन । प्रहरी प्रधान कार्यालयको तथ्यांकअनुसार भदौमा देशभर एक हजार तीन सय ९६ दुर्घटना भएका छन् । जसमा एक सय ६० जनाको मृत्यु भएको छ । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

    साउनमा एक हजार चार सय ३६ वटा दुर्घटना भएकोमा एक सय ८० जनाको मृत्यु भएको थियो । साउनको तुलनामा भदौमा दुर्घटनामा कमी आएको छ । साउनमा चार सय २० जना गम्भीर घाइते भएका थिए भने आठ सय ७८ जना सामान्य घाइते भएका थिए । भदौमा दुई सय ५३ गम्भीर घाइते तथा आठ सय ४० सामान्य घाइते भएका थिए ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij