शनिबार, कार्तिक १५, २०८३ | Saturday 31st October 2026

पहिरोमा हराएकी रञ्जनाको शव भेटियो

  • प्रकाशित मिति : बुधबार, अशोज १२, २०७३



  • गोरखा   ।  मनास्लु पदमार्गअन्तर्गत गोरखाको केरौँजा–उहियाखण्डमा झरेको पहिरोमा परी बेपत्ता भएकी ओखलढुङ्गाकी २५ वर्षीया रञ्जना बस्नेतको शव मङ्गलबार भेटिएको छ ।

    बिहीमा रही क्यान नेपाल नामक संस्थामा काम गर्दै आएकी बस्नेत बिहीबाट आरुघाटतर्फ फर्कंदै गर्दा असोज ६ गते पहिरोमा परी बेपत्ता भएकी थिइन् ।

    नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको संयुक्त टोलीले बूढीगण्डकी नदीबाट शवलाई बाहिर निकालेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी उपरीक्षक जनकराज पाण्डेयले जानकारी दिए । शवलाई हेलिकप्टरमार्फत काठमाडौँ लगिएको प्रहरीको भनाइ छ । शव खोजीका लागि घटनास्थलमा नेपाल प्रहरीका सात, सशस्त्रका ११ र नेपाली सेनाका २६ जना खटिएका थिए ।

    मनास्लु क्षेत्र घुम्न गएका स्पेनी नागरिक ६६ वर्षीय एडोल्फो मेनुअल रिपा, काठमाडौँ गोकर्णका ३५ वर्षीय दोर्जे लामा र ३० वर्षीय छिरीङ शेर्पाको पहिरोमा परी मृत्यु भएको थियो । अरूको शव असोज ७ गते फेला परे पनि रञ्जनाको मङ्गलबार मात्र फेला परेको हो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij