शनिबार, कार्तिक २२, २०८३ | Saturday 7th November 2026

यस आर्थिक बर्ष सगरमाथा क्षेत्र भ्रमणमा आउने पर्यटकको संख्यामा कमी

  • प्रकाशित मिति : बिहिबार, साउन २०, २०७३



  • जेपी थुलुङ, सोलुखुम्बु । अघिल्लो आर्थिक बर्षको तुलनामा गत आर्थिक बर्षमा सगरमाथा क्षेत्र भ्रमणमा आउने पर्यटकको संख्यामा कमी आएको छ ।

    गत आर्थिक बर्ष बिभिन्न देशका २६ हजार ८ सय १३ जना पर्यटक खुम्बु क्षेत्र पुगेको सगरमाथा राष्ट्रिय निकुञ्जको प्रवेशद्धार जोरसल्लेले जनाएको छ ।  सगरमाथा राष्ट्रिय निकुञ्जको प्रवेशद्धार जोरसल्लेको तथ्याङ्क अनुसार आर्थिक बर्ष ०७२÷७३ मा सबैभन्दा बढी अमेरिकाबाट ३ हजार १ सय ९२ जना, अष्ट्रेलियाबाट २ हजार ७ सय २७ जना, बेलायतबाट २ हजार ५ सय ६ जना, जर्मनीबाट २ हजार ७७ जना, जापानबाट १ हजार २ सय ४३ जना र फ्रान्सबाट १ हजार २ सय २ जना पर्यटक भ्रमणका लागि सगरमाथा क्षेत्र पुगेका थिए ।

    त्यस्तै आर्थिक वर्ष  ०६४÷६५ मा २७ हजार ४ सय ७५ जना, आव ०६५÷६६ मा २९ हजार २ सय ७९ जना, आव ०६६÷६७ मा ३१ हजार १ सय २६ जना, आव ०६७÷६८ मा ३३ हजार ३ सय ९० जना पर्यटकले खुम्बु क्षेत्रको भ्रमण गरेका थिए । त्यस्तै आव ०६८÷६९ मा ३५ हजार ५ सय ३१ जना, आव ०६९÷७० मा ३६ हजार ६ सय ५० जना , आव ०७०÷७१ मा ३५ हजार १ सय ७१ जना र आव ०७१÷७२ मा ३४ हजार ४ सय १२ जना पर्यटकले सगरमाथा क्षेत्रको भ्रमण गरेको सगरमाथा राष्ट्रिय निकुञ्जले जनाएको छ ।

    आठ वर्षको तथ्याङ्कलाई हेर्दा सबैभन्दा धेरै आर्थिक वर्ष  ०६९÷७० मा सबैभन्दा ३६ हजार ६ सय ५० जनाले सगरमाथा क्षेत्रको भ्रमण गरेको छ ।

    त्यस्तै गत आर्थिक बर्ष सगरमाथा राष्ट्रिय निकुञ्जले ६ करोड ७१ लाख ९५ हजार २ सय ५५ रुपैंया ९३ पैसा राजस्व संकलन गरेको छ । निकुञ्नको कार्यालयले पर्यटक प्रबेश शुल्क, पर्यटकिय भरिया शुल्क, काठ, मालिङ्गो, ढुङ्गा तथा वालुवा पुर्जि, निकुञ्ज क्षेत्रमा हेलिकोप्टर अवतरण, प्याराग्लाईडिङ, दण्डजरिवाना र अन्य बिबिध शुल्क अन्र्तगत राजस्व संकलन गरेको हो ।

    कार्यालयका अनुसार गत आर्थिक बर्षमा पर्यटकको संख्यामा कमी आउनु २०७२ सालको महाभुकम्प, भारतिय नाकाबन्दी, राजनीतिक अस्थिरता नै प्रमुख देखिएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij