शुक्रबार, कार्तिक १४, २०८३ | Friday 30th October 2026

सोलुखुम्बुका स्थानियको सामाजिक सेवा प्रति लगाब बढ्दै

  • प्रकाशित मिति : बिहिबार, साउन २०, २०७३



  • जेपी थुलुङ, सोलुखुम्बु-    सोलुखुम्बुमा पछिल्लो समय विद्यालय, सरकारी कार्यालय, प्रहरी चौकी, स्वास्थ्य संस्था, विद्यालय तथा गाविस लगायतका सरकारी निकायलाई जग्गा निशुल्क उपलब्ध गराउने क्रम बढेको छ । जिल्ला मालपोत कार्यालय सोलुखुम्बुकोे तथ्याङ्क अनुसार गत आर्थिक वर्षमा मात्र २७ वटा कार्यालयले निःशुल्क जग्गा प्राप्त गरी रजिष्ट्रेशन पास गराइसकेका छन् । जिल्ला मालपोत कार्यालयको तथ्याङ्क अनुसार जिल्लामा सबैभन्दा बढि स्वास्थ्य संस्थाको नाममा  रजिष्ट्रेशन पास भएको छ ।
    जिल्ला मालपोत कार्यालयको मुल्याङ्कन अनुसार सोलुखुम्बुमा चालु आर्थिक वर्षभित्र विभिन्न सरकारी कार्यालयको नाममा १ करोड २५ लाख ५९ हजार ६ सय रुपैया बराबरको जग्गा जिल्ला मालपोत कार्यालयबाट निःशुल्क रजिष्ट्रेशन पास भईसकेको जिल्ला मालपोत कार्यालय सोलुखुम्बुले जनाएको छ ।
    विभिन्न संघसंस्थालाई जग्गा दिंदा पुस्तौंपुस्तासम्म नाम अमर रहने र धर्म कमाउने विश्वास छ । कतिले भने महत्वपूर्ण कार्यालयलाई जग्गा दिंदा वरिपरिको जग्गाको मूल्यांकन बढ्ने भएकाले पनि जग्गा उपलब्ध गराउने गरेका छन् । जिल्ला मालपोत कार्यालय सोलुखुम्बुका सुचना अधिकारी जगत बहादुर कटुवाल भन्नुहुन्छ ‘सोलुखुम्बुमा सामाजिक काम प्रतिको चासो र झुकाव बढेको छ । यो जिल्लामा सरकारी निकायको भवन बनाउन सरकारी रकम खर्च गर्नु परेको छैन । उहाँका अनुसार मालपोत कार्यालयको जग्गा पनि निःशुल्क नै प्राप्त भएको हो ।
    निःशुल्क जग्गाको रजिष्ट्रेशन पास गर्दा जिल्ला मालपोत कार्यालयले राजश्व उठाउन नपाएपनि राज्यका लागि राजश्व भन्दा निःशुल्क जग्गाकै महत्व बढी हुने अधिकारी कटुवालले बताउनुभयो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij