प्रकाशित मिति : बिहिबार, साउन २०, २०७३
जेपी थुलुङ, सोलुखुम्बु । जिल्ला अदालत सोलुखुम्बुबाट गत आर्थिक बर्षमा ७१ दशमलव १ प्रतिशत मुद्धा फछ्र्याैट भएको छ । गत आर्थिक बर्ष जिल्ला अदालत सोलुुखुम्बुमा दर्ता भएका तथा अघिल्लो बर्षका बाँकी समेत गरी १ सय १४ वटा मुद्धा मध्ये ८१ वटा मुद्धा फछ्र्यौट भएको जिल्ला अदालत सोलुखुम्बुको तथ्याङक रहेकोछ । ३३ वटा मुद्धा फछ्र्यौट हुन बाँकी रहेका छन् ।
अघिल्लो बर्ष अर्थात आर्थिक बर्ष २०६९-७० मा जिल्ला अदालत सोलुुखम्बुले कुल १ सय २४ वटा मुद्धा मध्ये ७९ प्रतिशत अर्थात ९८ वटा मुद्धा फछ्र्यौट गरेको थियो ।
आर्थिक बर्ष २०७०-७१ मा भने संबिधान सभाको निर्बाचन परेको र माननिय जिल्ला न्यायधिस लगाएत अदालतका कर्मचारीहरु निर्बाचनमा व्यस्त रहेकोले मुद्धा फछ्र्यौटको संख्या कम भएको अदालतले जनाएकोछ ।
तै पनि आर्थिक बर्षको अन्त्यतिर मुद्धा फैसलाको क्रम निकै तिब्र बनेको थियो । जिल्ला अदालतको तथ्याङ्क अनुसार गत अर्थिक बर्ष जिल्ला अदालतमा आएका लेनदेनका ६ वटा मुद्धामध्ये ४ वटाको फछ्र्यौट भएकोछ ।
त्यस्तै जग्गा सम्बन्धि ९ मध्ये ६ वटा तथा पारिवारिक २४ वटा मुद्धा मध्ये १७ वटा फछ्र्यौट गरिएका छन् । त्यस्तै करणीको ६ मध्ये ५, चोरीको ४ मा ४ सबै, ज्या सम्बन्धि ९ मध्ये ६ वटा मुद्धा फछ्र्यौट गरिएका छन् ।
त्यसैगरी कुटपिटका ४ मध्ये २, करकापका ४ मध्ये सबै, गालि बेईजेतीका १५ वटा मुद्धा मध्ये १३, गोवध १ मा १, लुटपिट ६ मा ४ र जालसाजी ८ मा ३ वटा मुद्धाको फछ्र्यौट गरिएकोछ ।
त्यस्तै अपहरण तथा शरिर बन्धक १ मा १, ठगी १ मा १, बन सम्बन्धि २ मा २ वटै, झुटा बकपत्र २ मध्ये १ र बिबिधमा १२ मध्ये ७ वटा मुद्धा फछ्र्यौट गरिएका छन् ।
गत आर्थिक बर्ष जिल्ला अदालतमा रहेका मुद्धामध्ये सर्बस्व सहित जन्मकैद सजाय हुने मुद्धा ३ वटा, जन्मकैद सजाय हुने मुद्धा ३ वटा र १० बर्ष कैद र १ लाख जरिवाना तथा दुबै सजाय हुने मुद्धा ६ वटा रहेका थिए ।
त्यस्तै बिगोतर्फ २० हजार भन्दा माथी बिगो भराउनुपर्ने मुद्धा १४ वटा रहेको पनि जिल्ला अदालत सोलुखुम्बुको तथ्याङक रहेकोछ ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij