प्रकाशित मिति : बिहिबार, साउन २०, २०७३
माओवादी केन्द्रका अध्यक्ष तथा नवनिर्वाचित प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रपति भवनमा पद तथा गोपनियताको सपथ खाँदै छन्।
उनलाई राष्ट्रपति भवन शीतल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीले अहिले केहीबेरमा सपथ तथा गोपनियताको सपथ खुवाउने छिन् ।
सत्तासाझेदार कांग्रेसबाट विमलेन्द्र निधीको नेतृत्वमा रमेश लेखक मन्त्रीको सपथ खाने टुंगो लागेको छ ।
माओवादी केन्द्रका तर्फबाट सरकारमा कृष्णबहादुर महरा, दलजित वि.के श्रीपाली र गौरीशंकर चौधरीले मन्त्री पदमा सपथ खादैछन्।
माओवादीको भर्खरै बसेको हेडक्वार्टर बैठकले महरालाई अर्थ मन्त्रालय, श्रीपालीलाई युवा तथा खेलकुद मन्त्रालय र चौधरीलाई कृषि मन्त्रालय दिने निर्णय गरेको हो।
कांग्रेसका तर्फबाट निधी उपप्रधान तथा गृहमन्त्री र लेखक भौतिक योजना मन्त्रीका रूपमा सपथ लिँदैछन् ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij